• इटहरी :  झापाको दमक १२ घर भएका, हाल मोरङ केराबारी ९ मा कोठाभाडामा बस्दै आएका ३० वर्षीय बिजु मोतेलाई विभिन्न पटक चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।


    इलाका प्रहरी कार्यालय इटहरीले विभिन्न पटक ‘टार्गेट’ गरेर चोरी गरेको आरोपमा मोतेलाई २४ गते पक्राउ गरी विहीबार सार्वजनिक गरेको हो । इटहरी प्रहरीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार को ८ प १२३६ नम्बरको पल्सर मोटरसाइकलमा सवार रहेर इटहरी आसपास योजनाबद्ध रुपमा चोरी गरेको आरोपमा मोतेलाई पक्राउ गरिएको हो ।
    ‘गत पुषदेखि यी व्यक्तिको विषयमा अनुसन्धान सुरु गरिएको थियो,’ डीएसपी केसीले भने, ‘६ वटा उजुरी परेपनि पछिल्लो पटक सीसी क्यामेरा फुटेजको आधारमा उनलाई पक्राउ गरिएको हो ।’ अघिल्ला फुटेजमा ‘क्लियर’ मानिस नदेखिएपनि पछिल्ला फुटेजले ‘सपोर्ट’ गरेको प्रहरीले जनाएको छ ।


    पक्राउ परेका मोतेको सम्बन्धमा मोरङ प्रहरीले समेत खोजी कार्य अगाडि बढाइरहेको पनि अनुसन्धानबााट खुलेको प्रहरीले जनाएको छ । उनीबिरुद्ध लागूऔषध र चोरीको आरोपमा मोरङ प्रहरीले अनुसन्धान गरिराखेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको केसीले बताए ।

    ‘अपराध लुकाउन नम्बर प्लेट धमिलो बनाएको र नम्बर प्लेट भूइतिर ढल्काएको रहेछ,’ केसीले भने, ‘विशेष गरेर महिलाहरूलाई ‘टार्गेट’ गरेर एकान्त र अध्याँरो ठाउँमा ब्याग खोस्ने र लुटपाट गर्ने गरेको पाइएको छ ।’

    प्रहरीका अनुसार मोतेले मोटरसाइकलमा धेरै दिनदेखि ‘फलो’ गर्ने र लुटपाट गर्ने गरेको प्रहरीको भनाइ छ । पुषयता मात्रै उनीबिरुद्ध छ वटा उजुरी परेको र सीसी टिभी फुटेजका आधारमा पक्राउ गरिएको डीएसपी केसीले बताए ।

    ‘एकान्त र अँध्यारो ठाउँमा ब्याग खोस्ने र ब्याग तान्ने पैसा लुटेपछि ब्याग फाल्ने गरेको घटना पनि छ,’ उनले भने, ‘प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मोतेले आतंक मच्चाएर चोरी गरेको खुलेको छ ।’ इटहरीमा पछिल्लो समय चोरीका घटनाका उजुरी परेपनि संलग्न व्यक्तिहरु पक्राउ पर्न नसकेको र पक्राउ गर्नका लागि सीसी टिभीको फुटेज बलियो हतियार भएको डीएसपी केसीले बताए । चोरीमा संलग्न रहेका उनलाई जिल्ला अदालन सुनसरीबाट सातदिन म्याद थप गरि अनुसन्धान गरिररहेको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …