• काठमाडौं, २८ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि राज्यसत्ता कब्जा गर्ने षड्यन्त्र गरेको आरोप लगाएका छन् । उनले राज्यका मुख्य अङ्गहरुमा कब्जा जमाएर सत्ता कब्जाको नियतले ओलीले काम गरिरहेको आरोप लगाएका हुन् 


    ‘राज्यका अङ्गहरुमा कब्जा जमाउने र राज्यसत्ता कब्जा जमाउने नियतले सबै गतिविधि भइरहेका छन्,’आज राजधानीमा नेपाल राष्ट्र कर्मचारी संगठनको चौंथो केन्द्रीय परिषदलाई सम्बोधन गर्दै प्रचण्डले भने,‘देश सेटिङमा चलाउन खोजिएको छ, त्यो क कस्को छ बुझ्नुभएको होला ।’

    सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँतिएको विषय उल्लेख गर्दै उनले जर्बजस्ती डिभोर्स गराइएको टिप्पणी गरे । उनले कहीं नहुने गतिविधि नेपालमा भइरहेको तर्क गरे ।


    प्रचण्डले देशमा अर्को विद्रोहको सम्भावना औल्याए । देशमा फेरि आन्दोलन गर्नुपर्ने अवस्था आउने उनको भनाई थियो ।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…