• पथरीः उत्तरी मोरङको पूर्वपश्चिम राजमार्गमै पर्ने पथरी बजार सम्झनासाथ आगन्तुकहरूले सम्झने गन्तव्य हो 'सेल्फी रोड' । भन्नमा 'सेल्फी रोड' भनिए पनि त्यहाँ धेरै आउने टिकटक बनाउन हो ।

    कसैकसैले त यसलाई टिकटक रोड पनि भन्न थालेका छन् । पथरीमा  सेल्फी रोड मात्रै चित्ताकर्षक ठाउँ हैन । पथरी बजारबाट पाँच मिनेट उत्तरतर्फm पैदल पुग्न सकिने एक पार्क पनि सुन्दर ठाउँ छ  । श्री शान्ति भुल्के सिमसार नामक पार्कमा धेरै कुराहरू छन् । 

    कला मन पराउनेलाई भित्ताभरि विभिन्न चित्रकलाहरू छन् । पानी मन पराउनेलाई  साढे दुई बिगा, डेढ बिगा र एक बिगाका तीन पोखरी देखी फाउन्टेन सम्म छन् । चरा मन पराउनेलाई त यो झनै सुन्दर ठाउँ हो ।  वाइफाइ फ्रि छ । पिकनिक खाने, बालबच्चाहरू खेल्ने देखी बोटिङ गर्ने सुविधा सिमसार भित्रको पार्कमा छन् । भूल्के देवी जस्तो अत्यन्तै धेरै स्थानीयले पुज्ने मन्दिर पार्क परिसरमै छ । 

    २०५६ मा स्थापना भएको शान्ति सामुदायिक वन क्षेत्रको पार्क निर्माण  भने पछिल्ला तीन वर्षमा तीव्र रूपमा भयो । सामुदायिक वन अध्यक्ष कुल बहादुर गुरुङका अनुसार पार्कमा प्रवेश गरेको १० वर्ष मुनिका बालबालिका, बृद्धबृद्धा र अपाङ्गता भएकाहरूलाई शुल्क लाग्दैन । अन्य आगन्तुकहरुलाइ भने तीस रुपैयाँ लाग्छ । बोटिङ गर्न पचास रुपैयाँ लाग्नेमा पिकनिक खान पुगेका हरेक चारपांग्रेको एक हजार लाग्ने अध्यक्ष गुरुङ बताउँछन् । 

    गुरुङका अनुसार पार्कलाई अझ व्यवस्थित बनाउन १८ करोडको विस्तित्र परियोजना प्रतिवेदन (डिपिआर) समेत बनेको छ । जस अनुसार पार्कमा ४ सय मान्छे अटाउने व्यवस्थित हल, भूकम्प मापक यन्त्र देखी पानी परेको नाप्ने यन्त्रहरू आदि भएको प्राकृतिक सूचना केन्द्र देखी ध्यान, योग देखी व्यायाम गर्ने हलहरू हुनेछन् । 
     

सम्वन्धित समाचार

 इलाम, १७ फागुन :  इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुग्नुभएका टीकाराम बाँस्तोलाला…

ढोरपाटन (बागलुङ), १५ फागुन : बागलुङ र म्याग्दी जिल्लाको सिमाना रहेको सोलेडाँडामा तमानखोला गाउँपालिका र…

 ढोरपाटन (बागलुङ), १ फागुन : बागलुङको गलकोट नगरपालिका–११ मा रहेको उदय रिघा बुद्ध विहारलाई…

 काठमाडौँ, १९ माघ : हरेक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष &…