• काठमाडौँ, चैत ३० गते । सरकारले तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरेसँगै अहिले विशेष प्रकारको पुल निर्माण गर्न थालेको छ । भौगोलिक विकटता रहेका स्थानमा आवागमन सहज पार्दै धार्मिक तथा पर्यटकीय दृष्टिले समेत महìव राख्ने गरी सरकारले विशेष पुल निर्माण गर्न थालेको हो । त्यसलाई सरकारले विशिष्टीकृत पुलको नामकरण गरेको छ । त्यस्ता पुल पर्यटकीय पूर्वाधारका लागि समेत उपयोगी हुनेछन् ।


    स्थानीय पूर्वाधार विभागका महानिर्देशक ईश्वरचन्द्र मरहठ्ठाले भौगोलिक विकटता रहेको क्षेत्रमा दैनिक कठिन यात्रा गर्दै गुजारा चलाउन बाध्य भएका नागरिकलाई आवागमनमा सहज पार्दै धार्मिक र पर्यटकीय दृष्टिले समेत महìव राख्ने गरी सरकारले विशिष्टीकृत पुल निर्माण गर्न लागेको बताउनुभयो ।

    उहाँका अनुसार स्याङ्जा, गुल्मी र पाल्पा गरी तीन जिल्लालाई एउटै झोलुङ्गे पुलले जोड्ने उद्देश्यले रिडी धाममा तीनमुखे पुल बन्दै छ । यस आर्थिक वर्षभित्रै उक्त पुल निर्माण गरिसक्ने गरी स्थानीय पूर्वाधार विभागले काम धमाधम अगाडि बढाइरहेको छ ।

    चितवनको माडीमा रहेकोे त्रिवेणीधाम वाल्मीकि आश्रममा नेपालकै भूभाग हुँदै जान सकिने गरी झोलुङ्गे पुल निर्माण भइरहेको छ । ४८२ मिटर लामो झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा छ । सो क्षेत्रमा झोलुङ्गे पुलको अभावमा वाल्मीकि आश्रममा जान भारतको बाटो हुँदै जानुपर्ने अवस्था थियो ।

    “नेपालको धाममा नेपालकै बाटो हुँदै जान सकिने गरी सरकारले झोलुङ्गे पुल निर्माण गर्न लागेको हो”, विभागका महानिर्देशक मरहठ्ठाले भन्नुभयो, “सरकारले अहिले निर्माण गर्न लागेका पुल आवागमनमा सहज गर्नुका साथै धार्मिक र पर्यटकीय दृष्टिले समेत महìव राख्ने गरी निर्माण गरिरहेको छ ।” अहिले उक्त पुलको मेसिनरी र संरचनाको काम सकिएर टावर जोड्ने काम भइरहेको छ । यस आर्थिक वर्षभित्रमै पुल निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको विभागले जनाएको छ ।

    त्यस्तै नारायणी नदीपारि सुस्तामा नेपालकै सबैभन्दा लामो एक हजार ५७१ मिटर लामो झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा छ । अहिले उक्त क्षेत्रमा पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ । आगामी वर्षको फागुनभित्र सम्पन्न गर्ने गरी निर्माण व्यवसायीले काम गरिरहेका छन् । सो क्षेत्रमा पुलको अभावमा डुङ्गा चढेर आवतजावत गर्नुपर्ने अवस्था थियो । झोलुङ्गे पुल निर्माण भएपछि डुङ्गा चढेर आवतजावत गर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।

    विभागका उपमहानिर्देशक अशोककुमार शाहले अब सरकारले निर्माण गर्ने पुल आवागमनका लागि मात्र नभई पर्यटकीय दृष्टिले समेत प्रभावकारी हुने गरी निर्माण गर्न लागेको बताउनुभयो । उहाँका अनुसार पहिला ओल्लो डाँडाबाट पल्लो डाँडामा जान र नदी तर्न मात्र पुल निर्माण गर्ने गरिए पनि अहिले निर्माण भएका पुलले आवागमनका साथै पर्यटकीय दृष्टिले समेत महìव राख्ने गरी पुल निर्माण भइरहेका छन् ।

    देशका विभिन्न स्थानमा गरी औसत रूपमा दैनिक दुईवटाका दरले झोलुङ्गे पुल निर्माण गरिरहेको र चालू आर्थिक वर्षमा सरकारले छ सयवटा झोलुङ्गे पुल निर्माण गर्ने गरी काम गरिरहेको विभागले जनाएको छ । छ सयवटा झोलुङ्गे पुल निर्माण गर्नुपर्ने सङ्घीय सरकारले ९० वटा, प्रदेश सरकारले १६ वटा र स्थानीय तहले ४९४ वटा पुल निर्माण गर्नुपर्नेछ । सोहीअनुसार अहिलेसम्म करिब ३०० वटा पुल निर्माण भइसकेको विभागले जनाएको छ ।

    गोरखापत्र अनलाइन

     

     


     

सम्वन्धित समाचार

मोरङ । प्रदेशको नाम कोशी खारेजी गरेर पहिचानको आधारमा पुनः नामकरणको आन्दोलनमा रहेका प्रदेश नं. १ पुनः न…

मोरङ । मुक्कुमलुङमा नो केवलकार आन्दोलनको क्रममा प्रहरीले छातिमा गोली हानेर घायते बनाएका सगुन लाओतीसहित …

मोरङ । संघीय गणतन्त्र रक्षाको लागि पहिचानवादी शक्तिले एक लाख युवा तयार गनुपर्ने प्रस्ताव भएको छ ।  क…

मोरङ । कोशी नाम खारेजी आन्दोलनका प्रथम सहिद पदमकुमार लिम्बू –लाजेहाङ)को भोली (फागुन १०) स्मृति सभ…