• नवलपारसी, ३१ चैत । नेकपा एमालेभित्र देशभर समानान्तर कमिटी गठन गरी पार्टीलाई फुटको दिशामा लगिरहेको समयममा माधव समूहले बनाएको अनेरास्ववियु नवलपरासी जिल्ला कमिटी नै मुलधारमा फर्किएका छन् ।

    सोमवार सो समुहका सबै विधार्थी नेताहरू मुलधारमा फिर्ता भएको विज्ञप्ती मार्फत जानकारी दिएका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र माधव समूहको नेताबीच भएको छलफल पश्चात उक्त समूहको विद्यार्थी संगठनले आगामी दिनमा फरक फरक गतिविधि नगर्ने तथा एकताबद्ध भई कम्युनिष्ट आन्दोलनलाई बचाई राख्ने उद्घोषका साथ माधव समूहको साथ छोडेका हुन् ।

    अनेरास्ववियु मुलधार पक्षका जिल्ला संयोजक रमेश नेपाली तथा माधव समूहका संजय घिमिरेबीच भएको दुई पक्षिय सम्झौता गरी एकताबद्ध अनेरास्ववियु बनाई आगामी यात्रा तय गर्ने गरी गुटरहित अनेरास्ववियुको निर्माण भएको छ ।

    अनेरास्ववियु माधव समूहको सम्पूर्ण विद्यार्थी संगठन नै मुलधारमा फर्किएपछि उक्त समूहका ६५ जनालाई अनेरास्ववियु जिल्ला कमिर्टीमा लगिने भएको छ । बाँकीलाई आवश्यकता र क्षमतको आधारमा अन्य तह वा संगठनमा जिम्मेवारी दिने तयारी गरिएको राष्ट्रिय युवा संघका नेता रमेश पौडेलले जानकारी दिनुभयो ।



सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…