‘लभ डायरीज’ फेम्ड अभिनेत्री रुबिना थापा ‘डाँडाको बरपिपल’मा अनुबन्धित भएकी छन् । शोभित बस्नेतको निर्देशनमा निर्माण हुने चलचित्र आगामी बैशाख २२ गतेबाट फ्लोरमा जानेछ ।
‘डाँडाको बरपिपल’मा रुबिनाको जोडी अभिनेता सलोन बस्नेतसँग बाँधिनेछ । चलचित्रको मुख्य भुमिकामा यसअघि नै अभिनेता शिव श्रेष्ठ, गौरी मल्ल, राजिवजंग बस्नेत र यशराज गरचको अभिनयर रहने पक्का भैसकेको थियो । चलचित्रको लागी अझै दुई अभिनेत्री र एक अभिनेताको खोजी भैरहेको निर्माण टिमले जनाएको छ ।
चलचित्रमा सुशान्त प्रजापतिको छायांकन, रामकाजी घिमिरेको लेखन, द एक्स ब्याण्डका शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, गोविन्द राईको नृत्य निर्देशन, नवराज गिरीको गीत र रामजी राउतको मुख्य सहायक निर्देशन रहनेछ ।
परिवारिक प्रेमकथामा निर्माण हुने चलचित्र बुढासुब्बा ओरिजिनलको ब्यानरमा निर्माण हुँदैछ । ७५ दिनको छायांकन सेड्युल रहेको चलचित्र काठमाडौं, कालाबाङ, पूर्व र से फोक्सुण्डोमा खिचिनेछ ।