• क्वालालम्पुर,फेब्रुअरी-२५

    रातोकलम अनलाइन।

    २५ फेब्रुअरी २०१८ का दिन नेपाली काङ्ग्रेस जनसम्पर्क समिति मलेसियाले आयोजना गरेको "चियापान तथा जोहर क्षेत्रीय समिती बिस्तार भएको छ।
    नेपाली काङ्ग्रेस जनसम्पर्क समितिले जोहोर क्षेत्रीय तदर्थ समिति गठन गरेको छ। नेपाली काङ्ग्रेस जनसम्पर्क समिति जोहर क्षेत्रीय प्रदेशमा गोविन्द लिम्बुको अध्यक्षता १० सदस्यीय समिती चयन गरिएको हो।

    १) गोबिन्द लिम्बू सभापति
    २) गणेश श्रेष्ठ सदस्य
    ३) गगन बहादुर भाट सदस्य
    ४) राम कुवर सदस्य
    ५) बिकाश तामाङ सदस्य
    ६) ज्ञानु खड्का सदस्य
    ७) हिक्मत महत सदस्य
    ८) दिपक कठ्यात सदस्य
    ९) खेम प्रसाद उप्रेती सदस्य
    १०)रुपेश मल्ल सदस्य
    ११)सुनिता शाह सदस्य

    उल्लेखित सदस्यहरुको कार्य बिभाजन समय अभावको कारण गर्न पुर्ण गर्न नसकेको र अन्य कार्य बिभाजनको लागि आगामी जोहोर क्षेत्रीय समितिको पहिलो पुर्ण पहिको बैठकले पुर्णता दिने भएको छ। कार्यक्रममा नेपाली काङ्ग्रेस जनसम्पर्क समिति,मलेसियाका महामन्त्री योगेन्द्र कोइरालाको सभापतित्व प्रमुख अतिथिमा नेपाली काङ्ग्रेस जनसम्पर्क समिति,मलेसियाका सभापति चोलाकान्त पङेनीको रहेका थिए।भने विशेष अतिथिमा NRNA, मलेसियाका युवा संयोजक ज्ञानेन्द्र सिंह ठकुरी, नेपाली काङ्ग्रेस जनसम्पर्क समितिका प्रबक्ता बिनोद थापा, NRNA, जोहोर क्षेत्रीय कमिटी,मलेसियाका अध्यक्ष रबिलाल अधिकारी र NRNA जोहोर क्षेत्रीय प्रतिनिधि कुलेन्द्र राई साथै अन्य संघ, सस्थाको प्रतिनिधिको उपस्थित रहेको थियो।

    कार्यक्रममा स्वागत मन्तव्य नब नियुक्त जोहोर क्षेत्रीय राज्यको सभापति गोविन्द लिम्बुले दिनु भएको थियो भने अन्य मन्तव्यमा NRNA,मलेसियाका युवा संयोजक ज्ञानेन्द्र सिंह ठकुरीले शुभकामना मन्तव्य राखेका थिए।प्रमुख अतिथी जनसम्पर्क समितिका सभापति चोलाकान्त पङेनीले जोहोर राज्यमा क्षेत्रीय कमिटी बिस्तार गर्नुको औचित्य र उदेस्य नेपाली पीडितहरुको समस्या लाइ मध्य नजर गरेर गठन गरिएको मन्तव्यको क्रममा प्रष्ट पारेका थिए।

    मलेशियाको जोहोर क्षेत्रमा धेरै नेपालीहरु भएको कारण र दुरिको हिसाबले क्वालालम्पुर बाट धेरै टाढा भएकोले कुनै समस्याहरुको समाधान गर्न गारो पर्ने भएको हुदा पनि उक्त कमिटी बिस्तार गरिएको बताए।
    यसरी संगठित हुदा आगामी दिनमा केही समस्याहरु आए सहयोग गर्न सहज हुने बताएका थिए।साथै नया तदर्थ समितिका सदस्यहरु लाई प्रमुख अतिथि चोलाकान्त पङेनीले र विशेष अतिथि बाट खादा ओढाइ स्वागत गर्नु भएको थियो। र कार्यक्रमलाई अस्मिता सुबेदीले संचालन गरेका थिए।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…