• मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेको छ । 
    पार्टीको दोस्रो वडा अधिवेशन असार १८ गते खुल्ला सभा भएको थियो । अध्यक्षको उमेद्वार दुई जना भएपछि आज (२५ गते) निर्वाचन तोकिएको थियो । 
    अध्यक्षमा साबिक पार्टी अध्यक्ष प्रदिपकुमार राई र साबिक सचिव सुनिल खत्रीवीच प्रतिष्पर्धा भइरहेको छ । 
    प्रदिपकुमार राई पथरीबहुमुखी क्याम्पस सञ्चालक समितिको सदस्य, सुनाखरी मावि सञ्चालक समितिको अध्यक्ष समेत हुन् । 
    पार्टी अधिवेशनको लागि वडामा २४१ प्रतिनिधि रहेको निर्वाचन समितिको सदस्य कुलमनी गुरुङले बताए । अध्यक्ष पदको लागि निर्वाचन हुने भएपछि देवराज भण्डारीको संयोजकत्वमा निर्वाचन समिति गठन भएको थियो । रत्नचोक स्थित पार्टी कार्यालयमा हाल स्थानीय तहको निर्वाचनको झल्को दिनेगरी मतदान भइरहेको छ । 
    अध्यक्ष बाहेक वडामा ३१ सदस्यीय समिति मध्ये २५ जना सर्वसहमत भएको गुरुङले जानकारी दिए । समितिको उपाध्यक्षमा पुन्यबहादुर तामाङ, सचिबमा डिल्लि पौडेल, उपसचिवमा मिना तामाङ, दुर्गाप्रसाद अधिकारी सर्बसहमत भएको निर्वाचन समितिको सदस्य कुलमनी गुरुङले जानकारी दिए । वडाको ५ वटा टोलबाट ५—५ जना सदस्य चयन गरेर वडा समितिमा पठाएको, सो २५ मध्येबाट मुख्य पाँच पद छानिने बाँकी ६ जना नयाँ समितिले मनोनयन गर्ने बताइएको छ । यो समाचार तयार पार्दा मतदान भर्खरै सुरु भएको छ । 
     

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…

दसै‌ मनाउन बेलायत आएका हास्यकलाकारद्वय मरिचमान श्रेष्ठ (बल्छी  धुर्वे), राजु पौडेल (राजु म…