• विराटनगर, २ बैशाख : आहा रारा गोल्डकपको च्याम्पियन संकटा क्लबलाई हराउँदै विराटनगरमा जारी छैठौं संस्करणको विराट गोल्डकपको फाइनलमा भारतको पंजाव पुलिस क्वल प्रवेश गरेको छ ।

    विराटनगरको सहिद मैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा विराट गोल्डकपको पूर्व विजेता समेत रहेको संकटालाई १–० गोलले निराश बनाउँदै पंजाव फाइनलमा पुगेको हो ।

    पंजावले जितसँगै छैठौं संस्करणको विराट गोल्डकपको उपाधिको लागि शनिबार बिभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) सँग फाइनल भेट पक्का भएको छ ।

    पहिलो पटक गोल्डकपमा भाग लिएको पाहुना टोली पंजावले खेलको ७५ औं मिनेटमा परमजीत सिंहले निर्णायक गोल गर्दै टिमलाई फाइनलमा पुर्याएका हुन् ।

    हरजीन्द्र सिंहले निकालिदिएको क्रस पासलाई परमजीतले पेलान्टी एरियाबाट गरेको प्रहार सहजै गोलमा परिणत भयो ।

    आक्रामक खेल खेलेपनि दुवै टिमले पहिलो हाफ गोलरहित खेले । खेलको ७ औं मिनेटमा संकटाका तिर्थ बस्नेतले बललाई एक्लै अगाडी बढाएर पेलान्टी एरिया नजिक पुर्याएर पोष्टतर्फ हान्दा बल बाहिरिन पुग्यो ।

    खेलको १० औं मिनेटमा पंजावका हरेसदेव सिंहले बल टच नगरि प्रहार गर्दा गोल पोष्ट बार माथिबाट बाहिरियो ।

    २०७० को विराट गोल्कडपको बिजेता संकटाले यसपटक पनि उपाधि दाबी गर्ने टोलीमध्ये थियो । तर पंजाव उसको सपनाको बाधक बन्यो ।

    सुरुदेखि नै दुवै टिम आक्रामक देखिए पनि रक्षापङ्तिको कमजोरीमा संकटा पछि प¥यो । खेलको १५ औं मिनेटमा गणेश हमालले दिएको उत्कृष्ट पासलाई विदेशी खेलाडी ओडेजले डिबक्स भित्रदेखि हेट गरेपनि पंजावका गोलरक्षक सतवीर सिंहले बचाएका थिए ।

    १७ औं मिनेटमा फेरी संकटाका तिर्थ बस्नेतले ३० यार्डदेखि गरेको प्रहार बाहिरियो । खेलको ३० औं मिनेटमा पंजावका राजविर सिंहको वान भर्सेस वानको प्रहार संकटाको गोल रक्षक राजाबावु थापाले उत्कृष्ट बचाउ गर्दा पहिलो हाफमा दुवै गोलरहित बने ।

    पहिलो हाफमा संकटाका लागि आधा दर्जन उत्कृष्ट प्रहारहरु गोलमा परिणत हुन सकेनन् । यसअघि संकटाले आहा रारा गोल्डकपमा क्यामरुनलाई ४–२ गोलले हराउँदै उपाधि जितेको थियो । यो सिजनका प्रतियोगिताहरु लगातार जित्ने संकटाको सपना चकनाचुर भयो ।

    दोस्रोे हाफपछि संकटाले खेल बराबरीमा ल्याउन आक्रामक खेल खेलेपनि सफल हुन सकेन । खेलको ६६, ७३ र ८९ औं मिनेटमा पनि संकटाले गोल गर्ने अवसर पाएको थियो । तर उसका लागि सवै मौका गुम्यो ।

    खेलको म्यान अफ द म्याच पंजावको निर्णायक गोल गर्ने परमजित सिंह घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

    झगडा गरेपछि दुई खेलाडीलाई रेड कार्ड
    खेल सकिए लगत्तै संकटा र पंजावका दुई खेलाडीबिच झगडा भएपछि दुवैले रेड कार्ड पाएका छन् । पंजावका कप्तान जगदीप सिंह र संकटाका सहिद स्माटले रेड काड पाएका हुन् ।

    झगडा गर्ने दुवैलाई रेफ्री श्याम दनुवारले रेड कार्ड दिएका हुन् । रेड कार्ड पाएसँगै पंजावका कप्तान जगदीपले फाइलनमा खेल्न नपाउने भएका छन् ।

सम्वन्धित समाचार

मोरङ । मोरङको लेटाङ—९, जाँतेमा आदिबासी जनजाति अधिकारसम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम समापन …

मोरङ । पूर्ब प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड फागुन १३ गते मोरङको कानेपोखरी आउने भएक…

मोरङ । नेकपा (माओवादी केन्द्र) मोरङ पथरीशनिश्चरे नगर समितिको आज भएको दोस्रो अधिवेशनले पुन गोबिन्द कटुवाल…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका २ मा स्थापित लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाले सुक्रबार बिभिन्न व्…