• विराटनगर : नेकपा (माओवादी)का अध्यक्ष गोपाल किराँतीले सर्वोच्च अदालतले राजनीति गरेर आफूहरूलाई भाटा हानेको टिप्पणी गरेका छन् ।

    बिहीबार पत्रकार महासंघ मोरङको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा किरा“तीले प्रचण्डले विघठन गरेको माओवादी केन्द्रलाई आफूहरूले पुनगर्ठन गरेर अघि बढाए पनि सर्वोच्चले राजनीति गरिदिएको आरोप लगाए ।

    ‘सर्वोच्चले राजनीति गर्यो, राजनीति गर्दा हामीमाथि अन्याय भयो’ उनले भने, ‘नेकपालाई त बञ्चरो नै हानेको हो, हामीलाई पनि दुईचार भाटा हानेको छ, अब गणतन्त्रमाथि चुनौती बढ्यो, त्यै भएर एक पटकलाई भाटा खपौं भनेका छौं ।’

    किराँतीले नेपालमा लोकतन्त्रवादी र कम्युनिष्ट भनिएका पार्टीहरू सच्चा रुपमा लोकतन्त्रवादी र कम्युनिष्ट नभएको आरोप लगाए ।

    उनले विद्यमान निर्वाचन प्रणालीलाई हटाएर २० प्रतिशत सांसदहरू मजदुरबाट र ६५ प्रतिशत किसानबाट चुनिने समाजवादी निर्वाचन प्रणाली लागू गर्नुपर्ने तर्क पेश गरे । बाँकी मात्रै पूँजीपति वर्गलाई छोड्नुपर्ने उनले बताए ।

    सरकारले चुच्चे नक्सा सार्वजनिक गरेर राम्रो काम गरेको उनले बताए । सुगौली सन्धीको खारेजी गर्दै टिष्टा काँगडासम्मको नेपाल निर्माणका लागि सबै नेपाली सशक्त रुपमा अघि बढ्नुपर्ने उनले आग्रह गरे ।

    आफूहरू निर्वाचनकै पक्षमा रहे पनि आफ्नो गठबन्धन नीति मिल्ने दलहरूसँग मात्रै हुने किराँतीले बताए । त्यस्तो नीति पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा.बाबुराम भट्टराईसँग मिल्ने पनि उनले स्पष्ट पारे ।


     

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…