• काठमाडौं । केपी ओलीवि’रुद्ध समानान्तर गतिविधि सञ्चालन गर्दै आइरहेको नेकपा एमालेको माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभाका झण्डै दुई दर्जन सांसदको सामूहिक राजीनामा गराउने गुप्त तयारी गरेको छ ।

    केपी ओलीलाई अहिलेकै अवस्थामा सत्ताच्युत गर्न सकस परेपछि नेपाल समूहले यस्तो योजना बनाएको विश्वस्त स्रोतको दाबी छ ।

    आफ्नो पक्षमा रहेका सबै सांसद त्यसमा तयार नभए पनि झण्डै २० सांसद जिम्मेवारी त्याग गर्न राजी भइसकेको बताइन्छ । स्रोतका अनुसार, त्यसमा थप ५ सांसद जुटाएर सरप्राइज दिने नेपाल पक्षको तयारी छ ।

    ‘माधव पक्षका झण्डै २० सांसद जिम्मेवारी त्याग्न तयार भइसकेका छन् । अब यो संख्यालाई २५ पुर्याएर पुर्याएर सामूहिक राजीनामा गर्ने गुप्त योजना माधव नेपाल पक्षले बनाएको छ,’ स्रोतले भन्यो ।

    प्रतिनिधिसभामा रहेका नेकपा एमालेका १२१ सांसदमध्ये २ दर्जन बढी सांसद नेपालनिकट रहेको अनुमान छ ।

    नेकपामा छँदै प्रचण्डसँग मिलेर ओलीलाई सत्ताच्युत गर्न माधव नेपाल अग्रसर भएका थिए । तर सर्वोच्चले एमाले ब्युँताइदिएपछि नेपाल पक्ष एमालेमा निकै रक्षात्मक छ ।

    ओलीलाई कमजोर पार्न संसद् र केन्द्रीय समिति दुवैतिरको गणितले साथ नदिने र अन्य पार्टीको समीकरणले पनि अवस्था प्रतिकूल भएपछि ओलीमाथि नैतिक संकट पार्न नेपाल पक्षले यस्तो कदम उठाउने तयारी गरेको हो ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…