• उर्लाबारी । मोरङको उर्लाबारी–मधुमल्ला जोड्ने सडकको निर्माण कार्य अलपत्र बनेपछि स्थानीयबासीले दोस्रो दिन आज पनि सडक अवरोध गरेका छन् । सडक कालोपत्रे निर्माण कार्य सुरु भएको करिब ९ बर्ष हुँदा पनि पूर्णता पाउन सकेको छैन ।

    सडक कालोपत्रेको माग राख्दै बिहीबार स्थानीयबासीहरुले उर्लाबारी–५ र ६ मा पर्ने डिबी मार्ग नजिक बासँको ढाट लगाएर सडक अवरोध गरेका छन् । सडक कालोपत्रेको ठेक्का पाएका ठेकेदार बेपत्ता भएपछि सडकको निर्माण कार्य अधुरै रहेका कारण जनताले भोग्नु परेको सास्ती अन्त्यका लागि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उर्लाबारी ५ का वडा सदस्य रविन लामाले बताउनुभयो । जनताको समस्या नै आफुहरुको समस्या भएकाले आन्दोलनमा सधै साथ रहने उहाँले बताउनुभयो । उर्लाबारी –मधुमल्ला सडक खण्डको विषयमा उर्लाबारी नगरपालिकाको नगरसभा र बिभिन्न सरोकारवाला समक्ष लामाले आवाज उठाउँदै आएका थिए । आन्दोलनमा जनप्रतिनिधि र स्थानीयबासीको समर्थन बढ्र्दै गएको छ । सडक कालोपत्र निर्माण सुरु नभएसम्म आन्दोलन नरोकिने अर्का वडा सदस्य देविकला राईले बताउनुभयो ।  

    २०६९ सालमा ठेक्का लागेको यो सडकको निर्माण २०७१ जेठ ३ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौता थियो । सडकको दूरवस्थाका कारण आफूहरूले दुर्घटना र धूलोको सास्ती पाएको स्थानीय कमल गुरुङले जानकारी दिनुभयो । पटक पटक सडक कालोपत्रेका लागि आन्दोलन गर्दै आएको भएपनि सम्बन्धित निकाय मौन रहेको उहाँको भनाई छ । ललितपुरको सातदोबाटोस्थित प्रेराज्योति जेभी कन्स्ट्रक्शनले उक्त सडक निर्माणको ठेक्का लिएको थियो । 

    तत्कालीन पूर्वाञ्चल डिभिजन सडक कार्यालय, विराटनगरले ठेक्का लगाएको उक्त सडक अहिले प्रदेश सरकारको मातहत छ । २०७७ भदौमा मोरङ क्षेत्र नं. १ का प्रदेश सभा सदस्य कुल प्रसाद साम्बाको बिषेश पहल तथा स्थानीय सरकार र स्थानीयवासी निरन्तरको पहलमा भगनवसेस अवस्थामा रहेको सडको निर्माण कार्य सुरु भएको थियो ।

    ठेक्काको जिम्मा लिई काम गरेको ज्योति कन्ट्रक्सनले गुणस्तरीय र सम्झौता अनुसारको काम नगरेकाले अब सो अधुरो रहेको काम प्रेरा कन्ट्रक्सनले गर्ने सो बेला प्रेरा कन्ट्रक्सनका प्रतिनिधी भुपाल राईले बताएका थिए । तर, केही दिन काम गरेर प्रेरा कन्ट्रक्सनले पनि सडक अलपत्र पारेर छोडेको थियो ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…