• काठमाडौं -  समाचार लेखेको विषयलाई लिएर प्रहरीले उज्यालोनेटवर्क डटकम नामक अनलाइन न्यूज पोर्टलका उपसम्पादक अनिश तामाङ र महा–प्रबन्धक दुर्गालाल तामाङ ‘प्रभात’लाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले दुर्गालाललाई बसुन्धाराबाट पक्राउ गरेको हो ।

    उक्त अनलाइनको अनामनगर स्थित कार्यालय पुगेको प्रहरीले तामाङलाई पक्राउ गर्नुका साथै क्यमरा र मोबाइल समेत जफत गरेको छ ।
    उक्त अनलाइनले भारतीय गुप्तचार संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच ४ बुँदे सहमती भएको भन्दै समाचार प्रकाशन गरेको थियो ।

    समाचार प्रकाशन भएपछि नियामक निकाय प्रेस काउन्सिल नेपालले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । काउन्सिलले सोधको स्पष्टीकरणको जवाफमा उक्त अनलाइनले ‘असावधानीबस समाचार प्रकाशन भएको’ भन्दै क्षमा मागेको थियो ।

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…