• काठमाडौं -  समाचार लेखेको विषयलाई लिएर प्रहरीले उज्यालोनेटवर्क डटकम नामक अनलाइन न्यूज पोर्टलका उपसम्पादक अनिश तामाङ र महा–प्रबन्धक दुर्गालाल तामाङ ‘प्रभात’लाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले दुर्गालाललाई बसुन्धाराबाट पक्राउ गरेको हो ।

    उक्त अनलाइनको अनामनगर स्थित कार्यालय पुगेको प्रहरीले तामाङलाई पक्राउ गर्नुका साथै क्यमरा र मोबाइल समेत जफत गरेको छ ।
    उक्त अनलाइनले भारतीय गुप्तचार संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच ४ बुँदे सहमती भएको भन्दै समाचार प्रकाशन गरेको थियो ।

    समाचार प्रकाशन भएपछि नियामक निकाय प्रेस काउन्सिल नेपालले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । काउन्सिलले सोधको स्पष्टीकरणको जवाफमा उक्त अनलाइनले ‘असावधानीबस समाचार प्रकाशन भएको’ भन्दै क्षमा मागेको थियो ।

सम्वन्धित समाचार

इलाम । चुनाव चिन्ह मुढा लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बू समर्थकहरुले आज (सुक्रबार) इला…

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरीशनिश्चरे—१ स्थित पञ्चायत माध्यमिक विद्यालय कक्षा १२ का विद्यार्थीहर…

इलाम । बैशाख १५ गते हुने निर्वाचनमा इलाम—२ बाट सांसद जित्न पार्टीहरु लागिरहेको बेला नेपालको पूर्ब…

इलाम । स्वतन्त्र साझा उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूलाई सहयोग गर्न इलाम—२ मा लागिरहेका अभियान्ता त…