• उर्लाबारी, १३ बैशाख
    मोरङको उर्लाबारी बक्राहा खोलाबाट रतुवामाई नगरपालिका क्षेत्रमा जाने नहर कुबेत सरकारको सहयोगमा धमाधम बनिरहेको छ । अहिले खोला नियन्त्रण एवं सिंचाईका लागि हेडबक्स र इन्टेक(मुहान) निर्माणको काम भइरहेको छ ।
    बक्राहा-खैदुगसरा (खैरेनी, दुर्गापुरी, गगँटे, सखुवानी र रातेहोली) सिंचाई जल उपभोक्ता संस्था उर्लाबारी नगर पालिका वडा नं.-८ लाई सिंचाईका लागि ४
     करोड ७६ लाख रुपैयाँ कुवेत सरकारले सहयोग गरेपछि आयोजनाको काम सुरु भएको समितिका अध्यक्ष बिष्णु निरौलाले जानकारी दिएका छन् । 
    गएको पुस १३ गते  शिलान्यास भएको सो आयोजना संघीय 
    सरकारले सिंचाई विभाग मार्फत ३ करोड ४१ लाख रुपैयाँमा ठेक्का लगाएको थियो । सो आयोजनाको काम पृथ्वी कन्सल्टेन्सी एण्ड इनर्जी ग्रुप सर्लाहीले पाएपछि काम धमाधम अगाडि बढिरहेको छ । पूर्व पश्चिम राजमार्गको बक्राहा खोलाको पूर्व-दक्षिणमा कोशी-बक्राहा नदी नियन्त्रण कार्यालयले तटबन्धको काम गरिरहेको छ ।
    पूलबाट दक्षिण तर्फ ५ सय ४६ मिटर बाँध निर्माण कार्य धमाधम भइरहेको छ । उक्त  बाँधसँग जोडेर उच्च बाँध र सिंचाईका लागि आवश्यक हेडबक्स र इन्टेक निर्माण भई 
    रहेको छ । 
    उर्लाबारी ८, ९, रतुवामाई १०,९ र ८ नं. वडाका किसानहरुको खेतबारीमा बक्राहा खोलाको पानी बाह्रै महिना पुर्‍याउने उदेश्यले यो सिंचाई आयोजनाको काम सुरु गरिएको बक्राहा- 
    खैदुगसरा जलउपभोक्ता संस्थाका अध्यक्ष  बिष्णु निरौलाले बताएका छन् । उनले भने- ‘बक्राहा पूलको पूर्वतर्फबाट किनारै किनार दक्षिणतर्फ बाँध निर्माण कार्य भइरहेको छ । यो बाँध १५ फिट उचाई र २० फिट चौडाईको रहेको छ । बाँधसँगै जोडेर हेडबक्स निर्माण गरिएको हो ।’ ढुङ्गा र तारजाली लगाएर बनाइएको हेडबक्सबाट इन्टेकमा पानी पुगेपछि बालुवा फिल्टर भएर किसानको जमीनमा पानी पुग्ने उनको भनाई 
    छ ।
    जल उपभोक्ता संस्थाका सह-सचिव एवं खैरेनी सिसौली बक्राहा नदी नियन्त्रण उपभोक्ता संस्थाका सचिव विजय गौतमले २ करोड रुपैयाँको लागतमा कोशी बक्राहा नदी नियन्त्रण आयोजनाले बाँध निर्माण गरेको बताएका छन्  । उनले भने-‘बाँध निर्माण भएपछि पूर्व तर्फ खोलाले कटान गरेको करीब ५० बिगाहा जमीन किसानले उपभोग गर्न पाउने भएका छन् । बाँध निर्माण भएसँगै बर्सेनि असार लागेपछि बक्राहाको त्रासमा बाँच्ने खोला किनारका बासिन्दा पनि 
    खुसी भएका छन् ।’ इन्टेकबाट २ हजार १ सय मिटर लम्बाईको 
    नहर निर्माण गरिने गौतमले 
    जानकारी दिएका छन् । उनले भने- ‘यो वर्षको बजेटले २ 
    हजार १ सय मिटर बाँध निर्माण 
    हुन्छ । सिंचाई आयोजना निर्माण सम्पन्न भएपछि उर्लाबारीको ११ हजार हेक्टर जमीनमा सिंचाई पुग्ने छ ।’ जलउपभोक्ता संस्थाका 
    अध्यक्ष निरौलाले भने- ‘१२ किलोमिटर बाँध निर्माण गर्ने लक्ष्य छ । १२ किलोमिटर बाँध निर्माण 
    गरिसक्दा रतुवामाई र उर्लाबारी 
    नगरपालिकाको २ हजार ५ सय हेक्टर जमीनमा सिंचाई सुविधा 
    पुग्नेछ ।’
    पृथ्वी कन्सल्टेन्सी एण्ड इनर्जी गु्रप सर्लाहीले सरकारसँग आयोजना सम्पन्न गर्न १५ महिने सम्झौता 
    गरेको थियो । तर, निर्माण कम्पनीले बङ्गलादेशबाट कामदार ल्याएर आयोजना ४ महिनामा नै सम्पन्न गर्न लागेको अध्यक्ष  निरौलाले बताएका छन् । उनलेले भने- ‘५० जना कामदारले २४ सै घण्टा काम 
    गरिरहेका छन् । उनीहरु राति पनि विजुली बालेर काम गर्छन् । झण्डै ९० प्रतिशत काम सम्पन्न भइसक्दा पनि सिंचाई विभागले निर्माण कम्पनीलाई ४४ लाख रुपैयाँ मात्र उपलब्ध गराएको छ ।’ त्यस्तै जलस्रोत तथा सिचाई डिभिजन कार्यालय मोरङका डिभिजनल इन्जिनीयर शैलेश पोख्रेलले तेस्रो चौमासिक फुकुवा भएर आएपछि कम्पनीले पैसा पाउने बताएका छन् । उनले भने - ‘१५ महिने आयोजना भएकोले बाँकी रकमका लागि केही समय कुर्नु पर्ने हुनसक्छ । तर, काम फाष्ट ट्रयाकमा भएकोले हामी त्यो पैसा पनि रोक्ने छैनौं ।’ 
    सम्भव भएसम्म यो आर्थिक वर्ष भित्रै  कम्पनीले पैसा पाउने इन्जिनीयर पोख्रेलको भनाई 
    छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …