• लहान, बैशाख १३- कोरोना भाइरसको संक्रमण रोकथामका निम्ति गरिएको सरकारी निर्णय अवज्ञा गर्ने राजविराजका एक दर्जन निजी विद्यालय प्रिन्सिपलहरुलाई सोमबार नियन्त्रणमा लिएको छ । निर्णय कार्यान्वयन गराउन थालिएको अनुगमनको क्रममा उनीहरुले सरकारी निर्णय अवज्ञा गरेर विद्यालय सञ्चालन गरिरहेको पाइएको छ । ‘

    कोरोना महामारीलाई रोकथाम तथा नियन्त्रण गर्न शैक्षिक संस्था बन्द गर्न सरकारी निर्णय रहे पनि यहाँका निजी विद्यालयहरु सञ्चालन भइरहेको पाइएपछि केही प्रिन्सिपललाई नियन्त्रणमा लिएका छौं’ जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले भने–‘उहाँहरुमाथि हाल जिल्ला प्रहरी कार्यालयमा राखका छौं ।’

    अनुगमनका एक सदस्यका अनुसार शिव इन्टरनेशनल बोर्डिङ्ग स्कुल, ह्यापी ल्याण्ड सेकेण्ड्री स्कुल, लक्ष्मी इण्लिस बोर्डिङ्ग स्कुल, सिर्जना बोर्डिङ्ग स्कुल, ग्रिनल्याण्ड बोर्डिङ्ग स्कुल, लिटिल एन्जल, लिटिल फलाबर, पिसजोन बोर्डिङ्ग स्कुल, जानकी बोर्डिङ्ग स्कुल लगायतका प्रिन्सिपललाई नियन्त्रणमा लिइएको छ ।

    टोलीमा राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेल लगायतको सहभागी थियो । सोही क्रममा प्रमुख जिल्ला अधिकारी पोख्रेलले नियन्त्रणमा लिइएकाहरूमाथि संक्रामक रोग ऐन–२०२० अनुसार कारबाही गरिने पोख्रेलले बताए ।

    कोरोना संक्रमणको दोस्रो लहर चलेपछि सरकारले गत सोमबार मन्त्रिपरिषद् बैठक बसेर राजविराजसहितका स्थानमा रहेको विद्यालय, कलेज, ट्युशन सेन्टर, तालिम केन्द्रमा वैशाख मसान्तसम्म भौतिक रुपमा उपस्थित नगराएर भर्चुअल वा वैकल्पिक शिक्षण सिकाई मात्र सञ्चालन गर्न निर्णय गरेको छ भने हिजो (आइतवार) मात्रै सरकारले आजबाट सवै प्रकारका परीक्षा स्थगित गर्न निर्णय गरेको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …