उर्लाबारी, १४ बैशाख । मोरङको उर्लाबारी नगरपालिका, नगर शिक्षा समितिको आज बसेको बैठकले कोरोना भाईरसबाट विद्यार्थीहरु जोखिममा रहेकाले भोली बैशाख १५ गतेदेखी विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना भाईरसको दोश्रो लहर सुरु भएसँगै विद्यार्थीहरु जोखिममा परेकाले विद्यालय निश्चित समयका लागि बन्द गर्ने निर्णय भएको नगर प्रमुख खड्ग फागोको सचिवालयले जनाएको छ । यसअघि मोरङका रतुवामाई, मिक्लाजुङ, पथरीशनिश्चरे लगायतका स्थानीय तहले पनि विद्यालय बन्द गरिसकेका छन् ।