• बुधराज लिम्बू- इलाम- ईलामको माई नगरपालिकामा ८६ बर्षिया धनमायाले पनि अपाङ्गता परिचय पत्र पाइन। यति बेला उपमेयर विष्णु माया आचार्यले जनताको घर घरमा पुगि अपाङ्गता परिचयपत्र वितरण गर्न थाल्नुभएको छ। जनता लाई समस्या भएको बेला स्थानीय सरकार साथ रहेको भन्दै जनता को घर घरमा जानू भएको हो।

    हेरचाहरका लागि उत्प्रेरणा कार्यक्रम अन्तरगत घुम्ती शिविर सञ्चालनका दौरानमा उप प्रमुख बिष्णु माया आचार्यले पुर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका ब्याक्तिको सहजताका लागि घर-घर पुगेर परिचयपत्र प्रदान गर्नु भएको होम माई-९ का अति अशक्त अपाङ्गता चन्द्र बहादुर राई लाई ओछ्यानमै गएर अपाङ्गताको परिचयपत्र थम्याई दिनु भएको छ। त्यस्तै मंगलवार माई-९ को रागापानी ,चिसापानी वडा कार्यालयमा समेत परिचयपत्र वितरण गरिएको थियो ।

    माई-१० को साल्बोटेमा भएको घुम्ती शिविरमा १० जनाको स्वास्थ्य परिक्षण गर्दा ३ जनालाई पहेलो परिचयपत्र प्रदान गरिएको छ। भने माई-९ मा ९ जनाको स्वास्थ्य परीक्षण गर्दा ८ निलो-४ वटा, पहेलो-१ वटा र सेतो-३ वटा प्रदान गरिएको छ । नगरभित्रका अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गर्ने गरि ३ दिने घुम्ती शिविर शुरु गरिएकोमा सोमबार र मंगलबार वडा कार्यालय र घर-घरमा गरको घुम्ती शिविरमा ४९ जनाको स्वास्थ्य परीक्षण गर्दा २३ जनालाई परिचयपत्र प्रदान गरिएको माई नगरपालिका प्रशासन शाखा प्रमुख नविन कुमार पौड्यालले जानकारी दिए।

    माई नगरपालिकाको अपाङ्गता भएका ब्यक्तिको परिचयपत्र बितरण सम्वन्धि कार्यविधि-२०७५ मा व्यवस्था भए बमोजिम १० प्रकारका अपाङ्गता भएका ब्याक्तिलाई गाम्भिरयताका आधारमा ४ रङको परिचयपत्र प्रदान गरिने उल्लेख गरिएको छ । पुर्ण अशक्त अपाङ्गता भएका ब्याक्तिलाई रातो, अतिअशक्त अपाङ्गता भएका ब्याक्तिलाई निलो, मध्यम अपाङ्गता भएका ब्याक्तिलाई पहेलो र सामान्य अपाङ्गता भएका व्यक्तिको लागि सेतो कार्ड प्रदान गरिने स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले जानकारी दिए ।

    परिचयपत्र वितरण शिबिर बैशाख-१५ गते माई ६, ७, र ८ को लक्ष्मीबाँधमा संचालन गरिने महिला विकास निरीक्षक जमुना पौडेलले जानकारी दिईन। यसै विच ४० बर्ष भारतमा जेल जीवन विताएका माई-१० का दुर्गा प्रसाद तिम्सिनाकी आमा ८६ बर्षिय धनमायालाई पनि मध्यम अपाङ्गता परिचयपत्र प्रदान गरिएको छ। बहाँको दाहिने हात पाखुरा मुनि २०३७ साल देखि नरहेको उहाँको नाति गोपालले जानकारी दिए ।

    शिविरमा मेडिकल अधिकृत डा.रामकृष्ण आचार्य, करुणा फाउण्डेसन नेपालका कार्यक्रम अधिकृत छवि श्रेष्ठ, सिविआर अफिसर अनिल रिमाल, समुदाय संयोजक विमल दहाल, सिविआरएफहरु माया लिम्बु, दिब्या चाम्लिङ लगायतको सहभागिता रहेको थियो।

सम्वन्धित समाचार

कोशी प्रदेश सरकारले प्रदेश प्रमुखलाई प्रदेशसभा बैठक सञ्चालन पुनः स्मरण गराएको छ । बुधबार बसेको मन्त्रि…

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था…

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार प्राध्यापक खगेन्द्र खड्काको निधन भएको छ । …

 काठमाडौँ महानगरपालिकाले खुला तथ्याङ्क र सार्वजनिक महत्वका विवरण स्वतः प्रकाशन, प्रसारण गर्ने गरेको बत…