उर्लाबारी । उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागो माथि सामाजिक सञ्जालमा ज्यान मार्ने धम्की आएकोमा हेल्पएज नेपाल, उर्लाबारीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
उर्लाबारी–७ का लिलाराज खतिवडाले युटुब च्यानलबाट ज्यान मार्ने धम्की दिँदै भिडियो भाईरल गरेपछि सो संस्थाले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै धम्की दिने व्यक्तिलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । संस्थाका अध्यक्ष लोलिम पोमु लिम्बुद्धारा हस्ताक्षरित बिज्ञप्तीमा हेल्पएज नेपाल, उर्लाबारीका संरक्षक एवम् लोकतान्त्रिक मुल्य र मान्यताको राजनितिक वातावरणमा सम्पन्न निर्वाचनबाट अनुमोदित उर्लाबारी नगरपालिकाका प्रमुख फागोमाथि आएको धम्कीप्रति गम्भिर ध्यानाकर्षण भएको जनाईएको छ ।
नगर प्रमुख जस्तो ब्यक्तिमाथि सार्वजनिक रुपमै धम्की दिईनुले देशकै सुरक्षा संयन्त्रमा प्रश्न उठेको सो संस्थाले ठहर गरेको छ । उर्लाबारीका संघसस्थाहरुले नगर प्रमुख फागोमाथि धम्की दिने खतिवडालाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।