• मोरङ : उर्लाबारी नगरपालिकाका मेयर र उनका भतिजोविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मोरङमार्फत अभद्र व्यवहारमा जाहेरी दर्ता गरिएको छ । उर्लाबारी–५ घर भएका नगर प्रमुख खड्गबहादुर फागो र दुर्गा फागोलाई प्रतिवादी बनाई उर्लाबारी–९ का नारायण भनिने टंकबहादुर बस्नेतले अभद्र व्यवहार कसुरमा जाहेरी दिएका हुन् ।

    गत चैत ३० गते नगरपालिका परिसरमै बस्नेतलाई निर्घात कुटपिट गरेको मेयर फागो र उनको भतिजोलाई आरोप लाग्दै आएको छ । ‘उर्लाबारी–५ का विष्णुप्रसाद भण्डारीको रोकिएको टहरा संरचनाको विषयमा सहजीकरण गर्न नगरपालिका पुगेका थियौ’ स्थानीय भुपाल थापाले भने– सख्त कुटपिट भएका बस्नेतलाई उद्धार गर्नुको साटो प्रहरीले उल्टै नियन्त्रणमा लिएर अभद्र व्यवहारमा मुद्दा चलायो ।


    चौध दिन हिरासतमा बसी तीन हजार धरौटीमा छुटे लगतै बस्नेतले मेयर फागो र उनका भतिजोलाई उस्तै कसुरमा जाहेरी दिएका हुन् । इलाका प्रहरी कार्यालय उर्लाबारीले फागोद्वयको विरुद्धमा जाहेरी नलिएपछि सरकारी वकिल कार्यालयमार्फत जाहेरी दरखास्त दिएको पीडित बस्नेतले बताए ।

    उर्लाबारी–५ का खड्गबहादुर फागो र दुर्गाबहादुर फागोलाई प्रतिवादी बनाई नारायण बस्नेतले दिएको उजुरी इप्रका उर्लाबारीमा पठाइएको सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरि काफ्लेले जानकारी दिए ।

    तर, इप्रका उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक राजाराम खड्काले भने बस्नेतले दिएको जाहेरीका बारेमा अस्पष्ट जवाफ दिए । उनले भने–‘हामीले जाहेरी आइपुग्यो÷आइपुगेन भनेर जवाफ दिन मिल्दैन ।’ प्रनि खडकाका अनुसार नगरपालिकामा भएको घटना छानबिनकै क्रममा रहेको छ ।

    ‘उजुरी दर्ता भइसकेको अवस्थामा आरोपीलाई पक्राउ गर्न प्रहरी संगठन बाध्यकारी हुन्छ’ अधिवक्ता गणेश लुइटेल भन्छन्– अब आरोपीलाई पक्राउ गर्ने÷नगर्ने प्रहरीकै भुमिकामा भर पर्छ । जे भए नि प्रतिवादी बनाइएका व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ नै !

    स्रोतका अनुसार प्रतिवादी फागोद्वयलाई ‘स्थानीय सत्ता र शक्ति’को आडमा प्रहरीले नियन्त्रणमा लिने सम्भावना कम छ ।

    तर, आरोपीलाई ‘फरार व्यक्ति’को सुचीमा राखेर समयावधि गुजार्ने उर्लाबारी प्रहरीको प्रारम्भिक तयारी देखिन्छ । स्रोतले भन्यो–पहुँचमा भएका व्यक्तिहरु कानुनको नजरमा ‘फरार’ भई म्याद गुजारेर अदालतबाट धरौटीमा उन्मुक्ति पाउने नजीर नै छ । मेयर फागो र उनका भतिजोले यही नजीरलाई ‘फलो’ गने निश्चित छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…