पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको छ । अवस्था जटिल बनेपछि पूर्वरानी शाहको प्लाज्मा थेरापीबाट उपचार थालिएको हो ।
उनी नर्भिक इन्टरनेसनल हस्पिटलको आइसियूमा उपचाररत छिन् । बिहीबार साँझदेखि प्लाज्मा थेरापीबाट उपचार थालिएको अस्पतालले जनाएको छ ।
अक्सिजन लेभल कम भएपछि उनलाई श्वास-प्रश्वासको समस्या देखिएको थियो । बुधबार साँझबाट उनको आइसियूमा उपचार भइरहेको छ ।
साेही अस्पतालमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि छोरी प्रेरणासँगै पूर्वराजा ज्ञानेन्द्र र कोमल शनिबार नर्भिक अस्पताल भर्ना भएका थिए ।