• झापा र मोरङमा म्यानमारबाट विस्थापित भएको रोहिङ्ग्या शरणार्थी प्रवेश गरेका छन् । केही दिन अघि सीमावर्ती नाका हुँदै भारतबाट झापा र मोरङमा प्रवेश गरेका हुन् । स्रोतका अनुसार मोरङमा ६ जना र झापामा १२ जनाको टोली भित्रिएको छ ।
    म्यानमारबाट विस्थापित भएकाहरु बङ्गलादेशको शरणमा छन् । बङ्गलादेशबाट सहज जीवनको खोजीमा नेपाल छिरेको स्रोतको दाबी छ । तर उनीहरु कहाँ छन भन्ने जानकारी प्रशासनलाई छैन ।
    गृह मन्त्रालय स्रोतका अनुसार रोहिङ्ग्या मुस्लिमहरु झापाको काँकडभिट्टा र मोरङको सीमावर्ती नाका हुँदै नेपाल छिरेका हुन् । कोरोना भाइरसको सङ्क्रमणकाे त्रास फैलिएकाे बेला रोहिङ्ग्या नेपाल प्रवेश गरेको मन्त्रालय स्रोतको दाबी छ ।
    गृह मन्त्रालयले रोहिङ्ग्या शरणार्थी नेपाल छिरेको विषयमा सत्य-तथ्य बुझेर कारबाही अघि बढाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले वैशाख ६ गते लिखित निर्देशन दिएको हो ।
    काँकडभिट्टा नाका हुँदै भित्रिएकाे १०-१२ जना रोहिङ्ग्या आप्रवासी झापाको कमल गाउँपालिकामा आश्रय लिएर बसिरहेको सूचना गृह मन्त्रालयमा पुगेको थियो ।
    त्यस्तै, मोरङको सीमावर्ती नाकाबाट तीन-तीन जनाको दुई रोहिङ्ग्या परिवार विराटनगर छिरेको छ । विराटनगर छिरेका रोहिङ्ग्याकाे खाेजी कार्य जारी रहेकाे स्रोतले बताएकाे छ ।केही वर्षअघि म्यानमारबाट विस्थापित भएर बङ्गलादेशमा शरण लिएर बसिरहेका लाखौँ रोहिङ्ग्या मुस्लिममध्ये करिब पाँच सय जना भारतको बाटो हुँदै नेपाल आएर काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको राममन्दिर क्षेत्रमा क्याम्प बनाएर बसेका छन् ।
    उक्त राममन्दिर क्षेत्रस्थित रोहिङ्ग्या आप्रवासी क्याम्पका मौलाना जुबेर र लसुनटारस्थित आप्रवासी क्याम्पका रफिक आलम पछिल्लो समय रोहिङ्ग्यालाई नेपाल प्रवेश गराउने धन्दामा सक्रिय रहेको गृह मन्त्रालय स्रोतको दाबी छ ।रोहिङ्ग्यालाई प्रवेश गर्न नदिन सीमा नाकामा निगरानी बढाएर कडाइ गर्न थालिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । भारतसँग खुला सीमा भएकाले उनीहरु जतिबेलै पनि नेपाल छिर्नसक्ने सम्भावना रहेका कारण विशेष ढङ्गले कडाइ गरिएको उनले बताए ।
    मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले रोहिङ्ग्यालाई नेपालमा छिर्नका लागि पासपोर्ट (राहदानी) चाहिने बताए । शरणार्थीका रूपमा रोहिङ्ग्या छिर्दा भविष्यमा धेरै समस्या आउनेतर्फ ध्यान दिँदै सीमा क्षेत्रमा निगरानी बढाइएको निरौलाले बताए ।
    कोरोना महामारी नियन्त्रणमा केन्द्रित हुनुपरेको मौका छोपेर रोहिङ्ग्यालाई विभिन्न गिरोहले नेपाल प्रवेश गराउनसक्नेतर्फ सचेत रहेर भारतबाट नेपाल छिर्ने सबै नाकामा उच्च निगरानी बढाइएको निरौलाले बताए ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…