• मुलुकका २२ जिल्लामा कोरोनाभाइरस संक्रमण डरलाग्दो गरि फैलिएको भन्दै स्वास्थ्य मन्त्रालयले शुक्रबार सकेसम्म ती ठाउँमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ ।


    मन्त्रालयद्वारा जारी विज्ञप्तीमा कुनै पनि मार्गबाट देश विदेश जानेआउने तथा आन्तरिक बाह्य पर्यटनका लागि कहिँकतै जाने कामहरु पूर्णरुपमा नगर्न र नगराउन आग्रह गरिएको हो ।
    सार्वजनिक स्थानमा जाने, भीडभाड हुने कामहरु समेत नगर्न र नगराउन समेत मन्त्रालयले आग्रह गरेको छ । देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिरहेको स्थितीमा संवेदनशिल बन्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

    मन्त्रालयले मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरलाई मुलुकका अति प्रभावित जिल्लाको रुपमा समेत राखेको छ ।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…