• विराटनगर, १८ बैशाख : कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रणका लागि आज शनिबार मध्यरातीदेखि मोरङमा निषेधाज्ञा जारी गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालय मोरङले दैनिक रुपमा कोरोना संक्रमितको संख्या बढेको भन्दै विराटनगर महानगरपालिकासहित बुढिगंगा र जहदा गाउँपालिका तथा कटहरी गाउँपालिकाको वडा नं. १, २, ३ र ४ केन्द्रित निषेधाज्ञा घोषणा गरेको जनाइएको छ ।

    निषेधाज्ञा आज बैशाख १८ गते शनिबार मध्यराती १२ बजेदेखि सात दिनसम्म लागू हुने उल्लेख छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ तथा संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा जारी गरिएको आदेशमा जनाइएको छ ।

    निषेधाज्ञा आदेशमा मोरङ जिल्लाभरी बेलुका ८ बजेदेखि विहान ५ बजेसम्म हिंडडुल गर्न नपाइने उल्लेख छ । त्यसैगरी खाद्यवस्तु, इन्धन, ग्याँस, तरकारी, फलफुल, दुध तथा डेरी लगायतका अत्यावश्यक सामग्रीको आपूर्ति गर्ने पसल व्यवसायहरु, निर्माण सामग्रीहरु सम्बन्धि पसल तथा ओसार पसार विहान १० बजेभित्रै गरिसक्नु पर्नेछ ।

    गुद्री बजार, सब्जीमण्डी, होटल तथा रेष्टुराँ, सैलुन र विद्युतीय अटो रिक्सा निषेधाज्ञा अवधिमा संचालन गर्न नपाइने आदेश गरिएको छ ।

    अत्यावश्यक कामबाहेक १० बर्ष मूनि र ६० बर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई घरबाहिर नलैजाने, ब्यानरसहितको सवारी साधन प्रयोग गरी विवाहमा १५ जनासम्म राखेर विवाहका लागि सवारी साधन संचालन गर्नुपर्ने, सरकारी कार्यालयहरुले आलोपालो गरी न्यूनतम् कर्मचारी राखेर आफ्नो सेवा प्रवाह गर्नुपर्ने पनि निषेधाज्ञा आदेशमा उल्लेख गरिएको छ ।

    त्यस्तै हाटबजार, महोत्सव, भेला अन्य सामुहिक गतिविधीहरु नगर्ने नगराउने, औषधी, खाद्यवस्तु तथा अत्यावश्यक वस्तु वा सेवा खरिदमा बाहेक कुनै पनि व्यक्तिहरु घर बाहिर ननिस्किने लगायतका बिषयमा सचेत गराउँदै प्रशासनले आदेश दिएको छ ।

    आदेश विपरितका काम भएमा वा आदेश उल्लंघन भएमा कानुन बमोजिम कडा कारवाही हुने जनाइएको छ ।

     

     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भोली (माघ २७) गतेदेखि पञ्चायत माविमा नगरको सातौ राष्ट्रपति रनिङ शिल्ड ख…