• उर्लाबारी/मोरङको उर्लाबारी–५ स्थित सुनगाभा बोर्डिङ स्कुलका प्रावि इन्चार्ज होमकुमार परियारले अशक्त श्रेष्ठ दम्पत्तिलाई खाद्यान्य सहयोग गरेका छन् ।

    बिहीबार इन्चार्ज परियारले आफ्नो २९ औं जन्मउत्सवको अवसरमा उर्लाबारी–७ का अशक्त दम्पत्ति कमल र कमला श्रेष्ठलाई चामललगायत दैनिक उपभोग वस्तुहरु सहयोग गरेका हुन् । अशक्त दम्पत्तिलाई आफ्नो जन्मउत्सवको अवसरमा सानो भएपनि सहयोग गर्न पाउँदा ज्यादै खुशी लागेको उनले बताएका छन् । आगामी दिनमा पनि आफूले सकेको सहयोग गर्ने उनले बचन दिएका छन् ।

    सञ्चार क्लब नेपालका अध्यक्ष घनश्याम भण्डारी र नेपाल पत्रकार महासंघ मोरङका सदस्य सरोज बस्नेत उपस्थितिमा परियारले कमललाई खाद्य साम्रगी हस्तान्तरण गरेका छन् । कमल प्यारालाइसबाट थलिएका छन् भने कमला शारीरिक रुपमा अशक्त छिन् ।

    कमलाले मागेर ल्याई पति कमलको जीविकोपार्जन गराउँदै आएकी छिन् । यसअघि न्यानो अभियान नेपाल उर्लाबारीको संयोजनमा दुई कोठाको पक्की घर निर्माण गरिएको थियो । घर निर्माणपछि फुस पानी चुहिने घरबाट पक्कीमा एक बर्षअघि सरेका थिए ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …