• झापा : मेचीनगर नगरपालिका-१५ ज्यामिरगढीस्थित हडिया उत्तरमा रहेको बायो मास बिक्रेट उद्योगमा भीषण आगलागी भएको छ। सोमबार बिहान ३ बजे लागेको आगो अझै नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।


    उद्योगभित्र ब्रिकेट उत्पादनका लागि उखुको खोस्टा, प्लाई र काठका टुक्राहरू प्रयोग गर्न राखिएकाले त्यहाँबाट सल्किएको आगो छिटो फैलिँदा नियन्त्रण गर्न समस्या भएको हो। आगो नियन्त्रणका लागि झापा र मोरङका गरी आठवटा दमकल आएका थिए। आगो नियन्त्रणमा दमकलका कर्मचारी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयवासी परिचालन गरी नियन्त्रण प्रयास भइरहेको डिएसपी थापाले जानकारी दिए। आगलागीको कारण भने खुल्न नसकेको उनको भनाइ छ।  

    आगलागीबाट करिब १० करोड रुपैयाँभन्दा बढी क्षति भएको उद्योगका सञ्चालक आदित्य पराजुलीले जानकारी दिएका छन्। उनका अनुसार उद्योगको दक्षिणीतर्फ ब्रिकेट उत्पादन गरिने भवनमा आगलागी भएको छ। आगलागीबाट भवनसहित मेसिनरी औजार, कच्चा पदार्थ जलेर नष्ट भएको छ।

    उद्योगी पराजुलीले भारतबाट आयातित कोइलामा आत्मनिर्भर नेपालका चिया तथा इँटा उद्योगलाई लक्षित गरी झापामा आधुनिकस्तरको बायो मास ब्रिकेट उद्योगको २०७५ फागुन १९ गतेदेखि सञ्चालनमा ल्याएको हो

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भोली (माघ २७) गतेदेखि पञ्चायत माविमा नगरको सातौ राष्ट्रपति रनिङ शिल्ड ख…