• राजेन्द्र महतो लहान, बैशाख १९ गते- कोरोना भाइरस महामारी बढदै जादा सिरहाको दक्षिण सिमावर्ती नाकामा शसस्त्र प्रहरी ले सुरक्षा व्यवस्था कडा गरेको छ। नेपालमा पनि दिन प्रति दिन कोरोना सन्क्रमित वढदै जादा नेपाल सरकारले सर्बसाधारण लाई कोरोना सक्रमण बाट बच्न नेपाल र भारतको सिमा क्षेत्रमा आवत जावतमा सरकार ले नेपाल भारतको सिमा नाका पुर्ण रूपमा कडाई गरेको हो ।

    सिरहाको दक्षिण वर्ती सिमाना नाका इनर्वा , झाझपटी , बडहरी र बरियारपटी नाका बाट प्रत्यक्ष रुपमा कुनै प्रकारको सरसामान , खाद्यान्न अथवा सवारी साधनतथा सर्व साधारणहरुको आवतजावत मा रोक लगाइएको छ। शसस्त्र प्रहरी बल बि ओ पी नवराजपुर झाझपटी बाट खटीएका प्रहरी टोलि र सिमा प्रहरी चौकी झाझपटी का संयुक्त प्रहरी टोलि ले नवराजपुर गाउँ पालिका मा पर्ने सिमा नाका कडा रूपमा बन्द गरेका छन।

    शसस्त्र प्रहरी बल बि ओ पी नवराजपुर झाझपटी का प्रहरी निरीक्षक रामचन्द्र लागेजु श्रेष्ठ र सिमा प्रहरी चौकी झाझपटी का प्रहरी नायव निरीक्षक शैलेन्द्र यादव ले कोरोना संक्रमण बाट बचन सर्बसाधारण लाई सचेत रहन चेतना दिदै बाटोमा हिडने सर्बसाधारण नि:सुल्क माक्स समेत वितरण गरिरहेका छन् ।

    त्यस्तै शसस्त्र प्रहरी बि ओ पी बडहरी र शसस्त्र प्रहरी बि ओ पी बरियारपटीले बरियारपटी गाउँ पालिका मा पर्ने सिमाना नाका बाट कुनै प्रकारको सरसामान , खाद्यान्न अथवा , सवारी साधन तथा मान्छे आवतजावतमा कडाइ का साथ रोक लगाइएका छन। बि ओ पी बडहरी सिरहा का प्रहरी निरिक्ष्क सुर्या धमलाको कमान्डमा खटिएका प्रहरी टोलि ले सिमाना नाका बडहरी , कचनारी र गोरगामा मा २४ औ घण्टा नाका पुर्ण रूपमा कडाई गरेको छ।

    बि ओ पी बरियारपटी सिरहाले बरियारपटी गाउँ पालिकामा पर्ने सिमाना नाका बन्द गरेका छन। बि ओ पी बरियारपटी सिरहाले सिमाना नाका का विभिन्न क्षेत्रमा प्रहरी ड्युटी कडाइ का साथ तैनाथ गरेका छ्न। बि ओ पी बरियारपटी का शसस्त्र प्रहरी निरीक्षक रुद्र प्रसाद बुढाथोकी ले सिमाना नाका बाट कुनै प्रकारको सरसामान , खाद्यान्न , सवारी साधन तथा मान्छे आवतजावतमा कडाइ का साथ रोक लगाइएका छन।प्रहरीले सिमानाका रोक लगाएता पनि मानिस आवतजावत पनि सुस्त देखिएको छ।

    उता भारतीय सिमा सुरक्षा बल ( एस. एस. बी )ले पनि बोर्डर ( नाका ) सिल गरेका छन । कोरोना महामारी बाट भारत मा मृत्यु र सक्रमित हुनेको सख्याक बढदै गएपछि शुक्रबार सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले नेपाल र भारतबीचका ३५ नाकामध्ये २२ वटा बन्द गर्ने र १३ वटाबाट मात्र खोल्ने निर्णय गरेका छ्न।

    त्यस्तै अस्थाई प्रहरी पोष्ट शिवचौक सुखिपुर र सुखीपुर नपा वार्ड नम्बर ८को वार्ड अध्यक्ष हरिवंश महतो ले सुखिपुर नगरपालिका बलही हनुमान चौक मामास्क नलगाइ हिडने हरुलाई महामारी मा बिना मास्क ले घर बाहिर ननिस्किनु सम्झाउदै मास्क वितरण गरेका छन ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …