• सरकारले कोरोना महामारीलाई मध्यनजर गर्दै आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको छ। कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिस अनुसार सरकारले आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो।
    आइतबार बसेको मन्त्रिपरिषद बैठकले आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको एकमन्त्रीले जानकारी दिए। सरकारले यसअघि सडक यातायातलाई बन्द गरे पनि हवाई उडान भने जारी राखेको थियो। 
    यातायात व्यवसायीले हवाई उडान जारी राख्ने र सडक यातायात बन्द गर्ने सरकारको निर्णयको आलोचना गर्दै आएका थिए। तर, कोरोना संक्रमण दैनिक उच्च वृद्धि भएपछि सरकारले हवाई उडान पनि बन्द गर्ने निर्णय गरेको हो।
    उता मन्त्रिपरिषद बैठकले यही वैशाख २७ गते संसदको अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ। जेठ १५ मा अनिवार्य रुपमा आगामी आर्थिक वर्षको बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
    सो बजेट पेश गर्नुअघि प्रि बजेट छलफल, र सरकारको नीति तथा कार्यक्रम पारित गर्नुपर्ने भएकाले छिटै संसद अधिवेशन बोलाउनुपर्ने अवस्था थियो। त्यसैले यही वैशाख २७ लागि संसदको अधिवेशन बोलाउन सिफारिस गरिएको हो। सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आव्हान गर्ने व्यवस्था छ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …