• मोरङको रतुवामाईमा मृत अवस्थामा भेटिएको महिलाको हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ । 


    आइतबार बिहान स्थानीय रामप्रसाद भण्डारीको मकैबारीमा महिलाको शव भेटिएको थियो । शव भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले हत्या गरी शव फालेको निष्कर्ष निकालेको हो । प्रारम्भिक अनुसन्धानका क्रममा हत्या भएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले भने, ‘बलात्कार भए नभएको पोष्टमार्टमपछि खुल्छ ।’

    शवलाई पोष्टमार्टमका लागि कोसी अस्पताल विराटनगर ल्याइएको छ । महिलाले लगाएको कपडा च्यातिएको र माथि सुर्किएका कारण बलात्कार भएको हुनसक्ने प्रहरी स्रोतको दाबी छ ।आइतबार बिहान रतुवामाई–६ स्थित सिंहगिरी भन्ने स्थानमा महिलाको शव फेला परेको थियो । अन्दाजी ३० वर्षीया कालो वर्णकी महिलाले पहेलो कुर्ता र कालो रङ्को टाउजर लगाएकी छन् । पहिचान नखुल्दा थप अनुसन्धानमा समस्या भएको प्रहरीले बताएको छ ।

    स्थानीय रामप्रसादीले घाँस काट्न मकैबारीमा जाँदा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । ‘महिलाको घाँटीमा डाम छ, शरीरमा चोट भएका कारण हत्या हुनसक्ने प्रारम्भिक निष्कर्ष हो,’ डिएसपी राईले भने, ‘अनुसन्धान जारी छ, पहिचान खुलेपछि सबै विषय खुल्छ ।’

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…