• उर्लाबारी फागुन १४ गते । मोरङको पथरीशनिश्चरेमा स्थापित पथरी जेसीजले मृर्गौला पीडित सेनेहाङ लिम्बूलाई उपचारको लागि आर्थिक संकलन गर्नका लागि होली मिलन कार्यक्रम गर्ने भएको छ ।
    मोरङको मिक्लाजुङ गाउँपालिका २ का २० बर्षीय लिम्बूको दुबै मृगौला काम नलाग्ने भएपछि आर्थिक अभावमा उपचार हुन सकेको छैन । पथरी जेसिजले पथरीस्थित मनोहर पार्कमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी फागुन १८ गतेका दिन होली मिलन कार्यक्रमबाट केही रकम संकलन गरी सेनेहाङको उपचारका लागि रकम प्रदान गर्ने जेसीज अध्यक्ष टिकाविक्रम चौहानले जानकारी दिए ।

    जेसीजले प्रत्येक बर्ष पथरीमा होली मिलन कार्यक्रमको आयोजना गर्दै आएको छ । यो बर्ष होली कार्यक्रमकै अवसरमा आर्थिक संकलन गरेर मृगौला पीडित लिम्बूलाई आर्थिक सहयोग गर्न लागिएको कार्यक्रम संयोजक सुमन राईले बताए । होली मिलन सांगीतिक कार्यक्रममा गायक दीपक लिम्बू लगायतको कलाकारहरु पथरी आउने जेसी टेकेन लिभाङले जानकारी दिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…