• वैशाख २०, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७ हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पिसिआर परीक्षणमा ७ हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी एकैदिन ७ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    यो संक्रमण नेपालमा हालसम्मकै सर्वाधिक हो। काठमाडौं उपत्यकामा भक्तपुरमा २२२, ललितपुरमा ५२२ र काठमाडौंमा २९२२ जना गरी ३६६६ संक्रमित थपिएका छन्।

    योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ४३ हजार ४१८ पुगेको छ। अहिले देशभर सक्रिय संक्रमितमात्र ५४ हजार ४१ छन्।

    गत २४ घण्टामा २ हजार २१ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८६ हजार १५ पुगेको मन्त्रालयले जनाएको छ।

    पछिल्लो २४ घण्टामा थप ३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या ३३६२ पुगेको छ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे—१ कि रिजु भट्टराई नेपालको प्रतिनिधित्व गर्दै विश्व सुन्दरी प्रतियोगिता भिड्…

मोरङ । मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेप…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका स्थित पशुपति सामुदायिक वन उपभोक्ता समितिले लाहा खेतीको लागि शनिवा…

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको राजनीतिमा जोडिएको   घोषणा ग…