• काठमाडौं, बैशाख २१ गते । नेपालमा कोरोनाभाइरसका सात हजार ५८७ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १६ हजार १३१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा सात हजार ५८७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।


    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड १९ बाट सङ्क्रमित हुने तीन लाख ५१ ह्जार पाँच जना पुगेको उल्लेख गरेको छ । हालसम्म २५ लाख ३७ हजार २९५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । हाल ५९ हजार ७९८ जनामा भाइरसको सङ्क्रमण सक्रिय अवस्थामा छ ।

    मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार ७७५ जना सङ्क्रमित कोरोनामुक्त भएको जनाएको छ । हालसम्म दुई लाख ८७ हजार ७९० जना कोरोनामुक्त भएका हुन् । हाल २५३ जना क्वारेन्टिनमा छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ५५ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । नेपालमा हालसम्म कोरोनाबाट कुल तीन हजार ४१७ जनाको मृत्यु भएको छ । चौबीस घण्टामा दत्र्ता गरिएको मृतकको संख्या अहिलेसम्मकै उच्च हो ।        

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका १ नं. वडा कार्यालयले पूर्ब जनप्रतिनिधि, खेलाडी, कलाकार र सञ्चारकर्मी…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका १ नं. वडा कार्यालयद्वारा रातोकलम अनलाइनको प्रधान सम्पादक अर्जुन जम्ने…

मोरङ । लिम्बू समुदायमा धार्मिक÷सांस्कृतिक कार्य गर्ने उदेश्य राखेर युमा साम्यो नेपाल नामको नयाँ संस्…

मोरङ । मोरङको पथरशिनिश्चरे—१ बजारमा यलम्बरमो मूर्ति आज (सोमबार) कार्यक्रमवीच अनावरण भएको छ । …