• आइतबार मोरङको रतुवामाई नगरपालिका–६ स्थित मकैबारीमा मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुलेको छ । शव भेटिएको दुई दिनपछि मृत अवस्थामा भेटिएकी महिला मोरङ कानेपोखरी–१ होक्लाबारी घर भएकी ३२ वर्षीय सरिता सोरेन रहेको खुलेको हो ।


    जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईका अनुसार बाबु धनुष सोरेनले मृतकको सनाखत गरेका हुन् । उनले शव बुझेर पनि लगेका छन् । ‘महिलाको पहिचान खुलेको छ, बुबाले सनाखत गरे,’ डिएसी राईले भने, ‘थप अनुसन्धान जारी छ ।’

    ३२ वर्षीय सरिताका श्रीमानको दुई वर्षअघि मृत्यु भएको थियो । एक सन्तानकी आमा उनी कानेपोखरी गाउँपालिका–२ मा रहेको गाई फर्ममा काम गर्थिन् ।
    बिहेमा जाने भन्दै उनले शुक्रबार नै गाई फर्मबाट बिदा लिएकी थिइन् । शनिबार काममा नगएकी उनको शव आइतबार घाँस काट्न गएका रामप्रसाद भण्डारीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    प्रहरीले घटनाको अनुसन्धान गरिरहेको डिएसपी राईले बताए । महिलामाथि बलात्कार भए–नभएको विषय पोष्टमार्टम रिपोर्ट आएपछि खुल्ने उनले बताए । उनका अनुसार शरीरमा निलडाम र चोट भएका कारण प्रहरीले हत्या भएको निष्कर्ष निकालेको छ ।

    पहेलको कुर्ता र कालो टाउजर लगाएकी महिलाको घाटी र अनुहारमा निलडाम छ । उनले लगाएको कपडा च्यातिएको र सुरुवाल पनि सुर्किएको अवस्थामा भेटिएको थियो । घटनाको अनुसन्धानका लागि प्रहरीले ट्रयाकर डग लिएर गएको थियो । तालिमप्राप्त कुकुर मकैबारीस्थित घटनास्थलबाट भित्री सडक हुँदै गाउँसम्म पुगेको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…