• नेपालमा कोरोना भाइरस (कोभिड–१९) को दोस्रो भेरियन्ट देखिएसँगै लगाइएको निषेधाज्ञालाई लक्षित गरेर नेपाल टेलिकम (एनटीसी) ले विभिन्न आकर्षक मूल्यका डाटा तथा भ्वाइस प्याकको सुविधा ल्याएको छ । भाइरसको संक्रमण तीव्र बन्दै गएपछि रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको निषेधाज्ञाको समयलाई लक्षित गरी एनटीसीले आकर्षक प्याकेजहरू घोषणा गरेको हो ।

    निषेधाज्ञाको समयमा कम्पनीका मोबाइल सेवाका ग्राहकका लागि नेपाल टेलिकमले प्रयोगका आधारमा लामो र छोटो दुवै समयमा उपयोग गर्न सकिने र निकै उपयोगी हुने विभिन्न सुविधाहरू प्रदान गरेको छ । कम्पनीले वान जीबी पर डे विथ बोनस भ्वाइस प्याक, ७ दिनका लागि १.५ जीबी प्याक, २ घण्टासम्म चल्ने अनलिमिटेड डाटा प्याक, ५०० एमबी पर डे डाटा प्याकलगायत सुविधा ल्याएको छ । मोबाइलमा प्राप्त हुने डाटा प्याकमार्फत हटस्पट बनाएर अन्य मोबाइल वा ल्यापटपमा समेत डाटा चलाउन सकिने कम्पनीले जनाएको छ ।

    वान जीबी पर डे विथ बोनस भ्वाइस प्याक : २८ दिनसम्म प्रत्येक दिन १ जीबी डाटा चलाउन र प्रतिदिन १४ मिनेट कुराकानी गर्न सकिने यो प्याक ६४९ रूपैयाँमा उपलब्ध छ । सेवाग्राहीले आवश्यकता बमोजिम डाटा चलाउन र कुराकानी समेत गर्न सक्ने भएकाले यो प्याक निकै लोकप्रिय रहेको टेलिकमले जनाएको छ ।

    ७ दिनका लागि १.५ जीबी प्याक : ७ दिनसम्म १.५ जीबी डाटा प्रयोग गर्न मिल्नेगरी यो प्याकको व्यवस्था गरिएको छ । नेपाल टेलिकमले स्प्रिङ अफर अन्तर्गत अल टाइम डाटा प्याकको रूपमा यो प्याक जम्मा ९५ रूपैयँमा उपलब्ध गराइरहेको छ ।

    २ घण्टासम्म चल्ने अनलिमिटेड डाटा प्याक : २ घण्टासम्म असीमित डाटा चलाउन यो प्याक प्रयोग गर्न सकिन्छ । यो डाटा प्याक ३० रूपैयाँमा उपलब्ध छ ।

    ५०० एमबी पर डे डाटा प्याक : २९९ रूपैयाँमा २८ दिनसम्म प्रत्येक दिन ५०० एमबी डाटा प्रयोग गर्न मिल्नेगरी यो प्याक उपलब्ध गराइएको छ ।

    ग्राहकले *1415# डायल गरेर त्यहाँ दिइएको निर्देशन अनुसार विभिन्न प्याक खरिद गर्न सक्दछन् ।

     

सम्वन्धित समाचार

काठमाडौँ ।आज प्रदेश १, वाग्मती र गण्डकी प्रदेशमा वर्षा भएको छ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाक…

काठमाडौं । वास्तुशास्त्र एउटा यस्तो शास्त्र हो जसले परिवारको सुख समृद्धिको लागि प्रकृतिको उर्जा, स्रोत र पारि…

वि.सं.२०७७ साल चैत्र ०४ गते । बुधबार । ईश्वी सन् २०२१ मार्च १७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर …

काठमाडौं । वजन नियन्त्रणमा राखी स्वस्थ्य र फिट रहन चाहनुहुन्छ ? यदि त्यसो हो भने राति तपाईले गर्ने केही गल्त…