• मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा १५ जनामा कोरोना भाइरस विरामी देखिएका छन ।

    विभिन्न बिरामीको उपचार गर्न विराटनगरको विभिन्न अस्पताल पुगेका र शंका लागेर परीक्षण गराउदा विरामीहरुमा कोरोना भइरस भएको पुष्टि भएको नगर प्रमुख दिलिपकुमार राईले जानकारी दिए । एक हप्ता अघि पाँच जनामा मात्र कोरोना भाइरस देखिएको थियो । 

    यसैवीच कोरोना भाइरस नियन्त्रण गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नगर समितिले बिहिबार ज्ञापन पत्र बुझाउदै सय बेडको अक्सिजनसहितको अस्थायी भएपनि कोरोना अस्पताल बनाउन आग्रह गरेका छन् । 

    नगर अध्यक्ष चेतन दाहाल, सचिव मोहन लिम्बूद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा ५०० बेडको होल्डिङ सेन्टर निर्माण गर्न, स्वास्थ्य समाग्रीको सञ्चित, निशुल्क स्वाव परीक्षणको ब्यबस्था मिलाउन, न्युन वर्गका कोभिड बिरामीका लागि खाद्यन्न तथा पौष्टिक आहार लगायतको १५ बुँदे माग नगर प्रमुख दिलिपकुमार राई, पथरी उद्योग वाणिज्य संघको उपाध्यक्ष यादवचन्द्र दुलाल र इलाका प्रहरी कार्यालय पथरीलाई बुझाएका हुन् । 

    कोभिड भाइरसको महामारीमा बढ्दो मंहगी र काला बजारी नियन्त्रण तथा अनुगमन गर्न समेत ज्ञापनपत्र मार्फत माग गरिएको छ । 

    पार्टी जिल्ला सदस्य दिनानाथ तिम्सिना, नगर उपाध्यक्ष प्रेम ढकाल, सहसचिव मान दियाली लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 
    ज्ञापनपत्र लिएपनि नगरप्रमुख दिलिपकुमार राईले नगरमा १५ जना कोरोना भाइरस पुष्टि भएका विरामी होम आइसोलेशनमा रहेको जानकारी गराएका हुन् । भाइरस प्रमाणित भएका विरामीको अवस्था हेरेर अवश्यक अक्सिजनसहित अस्पताल पु¥याउन दुई वटा एम्बुलेन्स तैनाथ रहेको प्रमुख राईले बताए । भाइरस नियन्त्रण गर्न सम्पूर्ण नगरबासी लाग्नु पर्ने समेत राईको भनाइ थियो । 

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…