• मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाको उपप्रमुख यमुना बिष्ट (बास्तोला)ले कतिपय झुटा समाचारले मानिसको जीवनमा नकारात्मक असर पर्ने गरेको भन्दै पत्रकार र पत्रकारिता क्षेत्र जिम्मेवार बन्नु पर्ने बताएकी छन् । 


    कानेपोखारी मिडिया प्रा.ली.को आयोजनामा मोरङको पथरीशनिश्चरे नगरमा बुधबार आयोजित तीन दिने आचारसंहिता तथा कानुनी परामर्श सम्बन्धी तालिम समापन कार्यक्रममा उपप्रमुख बिष्टले सो कुरा बताएकी हुन् ।

    कतिपय सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा आउने झुटा समाचारले मानिसको जीवन नै बर्बाद पार्नेगरेको भन्दै पत्रकारहरुले तथ्य बुझेर मात्र लेख्नुपर्ने उपप्रमुखको भनाइ थियो । विष्टले कहिले काही आफूपनि भ्रामक प्रचारको शिकार हुनु परिरहेको भन्दै आचार संहिता सम्बन्धी कार्यक्रम आवश्यक ठानेको र आइन्दा झुटा प्रमाणित हुने विवरण नआउनेमा आफू विस्वास्त रहेको बताए ।  
    नगरपालिकाले पत्रकारहरुको क्षमता अभिवृद्धिको तालिमको लागि सहयोग गर्न आवश्यक परेको समेत बताए । पथरीशनिश्चरे न्यायिक समितिले हालसम्म १७ सय मुद्धा मिलाएको बाताए । 

    सोमबारबाट तीनसम्म चलेको कार्यक्रममा प्रादेशिक सञ्चार प्रतिष्ठान १ नम्बर प्रदेशका कार्यकारी प्रमुख यज्ञ शर्मा, कानुन ब्यबसायी तथा नगरको कानुनी सल्लाहकार दीपक राई र गोरखापत्र दैनिकको १ नम्बर प्रदेश संयोजक महेन्द्र बिष्टले सहजीकारण गरेका थिए । 


    सहजीकरणको क्रममा प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माले पत्रकारले आचार संहिता उलंघन गरेमा समाजलाई नै हानी हुने भएकोले सचेत हुनुपर्ने बताए । 
    कानुन ब्यबसायी, स्वास्थ्य कर्मचारीले आचार संहिता उलंघन गर्दा सानो समूहमा क्षति भएपनि पत्रकारले समुदायलाई नै समस्या हुने शर्माको भनाइ थियो । 
    पत्रकारले तथ्य खोजेर लेख्नु पर्ने लेखिसकेपछि अन्तिमसम्म जवाफदेखि बन्नुपर्ने, लेखेर लुक्नु, भाग्न नपर्ने गरी खोजि गर्नुपर्ने प्रशिक्षक शर्माको भनाइ थियो । 


    पत्रकार आचार संहिता कार्यान्वय नहुनुमा अदक्ष, असक्षम मानिसहरुको आम सञ्चारका माध्यममा प्रवेश, नियमक निकाय कमजोर हुनु, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा पत्रकारिता सम्बन्धी छुट्याउन नसक्नु, नाम र दामको लागि होडबाजीको कारण पत्रकारिता क्षेत्र बन्दाम हुने अवस्थामा पुगेको शर्माको भनाइ थियो । 


    अर्का प्रशिक्षण गोरखापत्र दैनिकको १ नम्बर प्रदेश संयोजक महेन्द्र बिष्टले प्रेस स्वतन्त्रता के हो ? छापाखानाको इतिहास लगायतको बिषयमा तालिम दिएका थिए । 
    निरन्तर अप्रमाणित, अविस्वासनीय समाचार लेख्ने सञ्चार माध्यमहरुलाई पाठकले छाड्दै जाने र बन्दहुने अवस्था आउने भएकाले पत्रकार तथा मिडिया हाउसहरुले ध्यान पु¥याउनु पर्नेे उनले बताए । 
    कानून ब्यबसायी तथा पथरीशनिश्चरे नगरका कानूनी सल्लाहकार दीपक राईले पालिकाले हेर्न पाउने मुद्धाहरु तथा लगत समाचारको साथै समाजिक सञ्जालहरुमा भ्रामक बिषय लेखिए विद्युतीय कारोबार ऐन (साइबर ल) आकार्षित हुने बताएका थिए । 


    कार्यक्रम आयोजक कानेपोखरी मिडिया प्रा.ली.का अध्यक्ष दिनेश सुब्बाको सभापतित्व भएको सपमान कार्यक्रममा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ १ नम्बर प्रदेश समिति अध्यक्ष अर्जुन जम्नेली राई, नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष मोहन भट्टराई, न्यायिक समितिको सदस्य भद्रमान बिक, पर्शुराम न्यौपाने, पथरीशनिश्चरे नगरका सूचना प्रमुख भुपेन्द्र तिम्सिना, पत्रकार महासंघ मोरङका निवर्तमान सहसचिव शन्तोष राई लगायतको उपस्थिति रहेको थियो । 


    स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउदै आयोजित कार्यक्रममा पथरीशनिश्चरेका २५ जना पत्रकारहरु सहभागि गरेका थिए । सामाजिक सञ्जाल तथा आम सञ्चार माध्यमहरुमा पत्रकार र आम नागरिकहरुले लेख्न, हुने नहुने बिषय छुट्याउन नसक्दा बेलाबेलामा गम्भीर समस्या पैदा हुने गरेको छ । नगरमा हुने यस्ता समस्या न्युनिकरण गर्ने उदेश्यले पथरीशनिश्चरे नगरपालिकाको न्यायिक समितिको सहकार्यमा तालिमको आयोजना गरिएको कानेपोखरी मिडिया प्रा.ली.का अध्यक्ष दिनेश सुब्बाले बताए । समापन कार्यक्रममा सहभागिहरुको तर्फबाट राजकुमारी तामाङ र शान्तोष खालिङ राईले अनुभव शेयर गरेका थिए । 

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…