मोरङ । मोरङको पथरी शनिश्चरे स्थित मनकामना सामुदायिक वन क्षेत्र नजिकै वन्य जन्तु चित्तलको २५ किलो आलो मासु भेटेर वन कार्यालयलाई बुझाएको छ ।
बुधबार राति करिव १० बजे इलाका प्रहरी कार्यालय पथरीका प्रहरी गस्ति टोलीले आलो मासु नियन्त्रणमा लिएको हो । सडकमा प्रहरी भेन आइरहेको देखेर दुई जना मानिस बोरा छाडेर भागेपछि गएर हेर्दा जंगली जनावर मृगको मासु फेला परेको इलाका प्रहरीले जनाएको छ ।
प्रहरीले आज (बिहिबार) सब डिभिजन वन कार्यालय पथरीलाई बुझाएको छ । वन कार्यालयले उक्त मासु मनकामना सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष दिनेश राई, शान्ति सामुदायिक वन उपभोक्ता समितिको उपाध्यक्ष हेमभक्त तमु, सिरिजंगा धार्मिक वनको उपाध्यक्ष शन्तोष लिम्बू लगायतको रोहोबरमा गाडेको सव डिभिजन वन कार्यालय पथरीका प्रमुख सुरेन्द्रकुमार कार्कीले बताए ।