विराटनगर : जिल्ला प्रशासन कार्यालय मोरङले जेठ १ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ। कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमलाई मध्नजर गर्दै जेठ १ गतेसम्मका लागि जिल्लाभर पूर्ण निषेधाज्ञा जारी गरिएको हो।
बिहीबार बसेको बैठकले विराटनगरमा निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए। यसअघि वैशाख १७ गते बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले वैशाख १८ गते रातको १२ बजेदेखि लागू हुनेगरी ७ दिने निषेधाज्ञा जारी गरेको थियो।