• पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ । १९ हजार ९८७ जनाको पीसीआर तथा ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ९०२३ तथा १७३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगे नेपालमा संक्रमितको कूल संख्या ३ लाख ७७ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    यही अवधिमा थप २ हजार ९०५ जना निको भएका छन् । नेपालमा हालसम्म २ लाख ९५ हजार ३९५ जना निको भएका छन् । नेपालमा संक्रमित थपिएसँगै निको हुने दर ७८.२ प्रतिशतमा पुगेको छ ।


    त्यस्तै, ५० जनाको मृत्यु भएको छ । हालसम्म ३५ सय ७९ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भइसकेको छ ।


    काठमाडौँमा ३ हजार बढी संक्रमित थपिए

    पछिल्लो २४ घण्टामा काठमाडौँ जिल्लामा मात्र ३ हजार बढी संक्रमित थपिएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा ३०८९, ललितपुरमा ६४३ र भक्तपुरमा ३७४ जनामा संक्रमण पुष्टि भएको हो । 

    प्रदेश १ मा झापामा २१६ तथा मोरङमा २७३ जना संक्रमित थपिएका छन् । प्रदेश २ मा पर्सामा १३० तथा धनुषामा १०६ जना संक्रमित भेटिएका छन् । गण्डकीमा कास्कीमा ३९३, लुम्बिनीमा दाङमा ३६६ तथा रुपन्देहीमा ७३० जना संक्रमित भेटिएका छन् । सुदूरपश्चिममा कैलालीमा सर्वाधिक १२५ जना संक्रमित थपिएका छन् ।

    हाल २२ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने २१ जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७८ हजार ६२९ रहेको छ ।

    यसमध्ये ७२ हजार ६७९ होम आइसोलेसनमा, ५ हजार ८६० जना संस्थागत आइसोलेसनमा, ७२८ जना आईसीयूमा तथा २३१ जना भेन्टिलेटरमा रहेका छन् ।

     

सम्वन्धित समाचार

निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा …

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…

इलाम । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको…

किरात राई समुदायको साझा सामाजिक संस्था किरात राई यायोक्खा संस्थागत रुपमै इलाम उपनिर्वाचनमा साझा स्वतन्त्र …