• काठमाडौं, २४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले माधव नेपाल पक्षधर सांसदहरु आफूहरुको पक्षमा आउने दाबी गरेका छन् । उनले पछिल्लो समय नेता नेपाल पक्षधर सांसदहरुसँग आफूहरुले सम्वाद गरिरहेको र धेरै सांसद प्रधानमन्त्री ओलीकै पक्षमा आईसकेको दाबी गरे ।

    डा. भट्टराईले भने,‘अब माधव नेपाल पक्षधर धेरै सांसद साथीहरु प्रधानमन्त्रीको पक्षमा आउनुभएको छ, उहाँसँग दश जना पनि सांसद छैनन् । हामी उहाँहरुसँग निरन्तर सम्वाद र छलफलमा छौं ।’

    प्रधानमन्त्री ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने भएपछि एमालेभित्र नेताहरुको सक्रियता बढेको छ । यो बीचमा अध्यक्ष ओलीले समेत नेताहरुसँगको भेटवार्तालाई तिव्रता दिएका छन् । हिजोमात्रै, ओलीले माधव नेपाल पक्षधर नेताहरु योगेश कुमार भट्टराई र घनश्याम भुषालसँग करिब तीन घण्टा छलफल गरेका थिए । उता, ओली पक्षका नेता विष्णु पौडेलले पनि माधव नेपाल पक्षधर नेताहरु सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसँग छलफल गरेका थिए ।

    हिजो दिउँसो मात्रै उपप्रधानमन्त्री ईश्वर पोखरेलले पनि योगेश भट्टराई र गणेश पहाडीसँग सिंहदरबारमा छलफल गरेका थिए । माधव नेपाल पक्षधरले ओलीलाई विश्वासको मत लिन असफल तुल्याउनेगरि २१ जना सांसदले सामूहिक राजीनामा दिने उद्घोष गरेपछि बालुवाटारको सक्रियता बढेको छ ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…