• विराटनगर / विराटनगरमा नक्कली रेम्डेसिभिर इन्जेक्सन बिक्री गर्ने गिरोहका दुई जना पक्राउ परेका छन् । कोरोना सङ्क्रमितको उपचारमा रेम्डेसिभिर इन्जेक्सन प्रयोग गरिँदै आएको छ । 


    गम्भीर प्रकृतिको इन्जेक्सन नै नक्कली बनाएर बिक्री गर्ने गिरोहका दुई जनालाई शुक्रबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार दुई जनालाई नोबेल मेडिकल कलेज अगाडिबाट पक्राउ गरिएको हो । नोबेलअगाडीबाट सोनु आलम र सरवण यादवलाई पक्राउ परेका हुन् । आलम नोबेलअगाडि साथी फार्मेसी सञ्चालन गर्छन् । यादव उनको फार्मेसीमा काम गर्ने कामदार हुन् ।

    उनीहरूले ‘स्टासेफ’ नामको इन्जेक्सनमा रेम्डिसिभिरको स्टिकर प्रयोग गरी महँगो मूल्यमा बिक्री गर्दै आएका थिए । स्टासेफ इन्जेक्सन ज्वरोमा प्रयोग गरिने इन्जेक्सन हो । सो इन्जेक्सन ९० रुपैयाँमा पाइन्छ । तर कारोवारीले होटल भाडामा लिएर स्टासेफमा रेम्डेसभिरको स्टिकर लगाएर २५ हजार रुपैयाँसम्म बिक्री गर्दै आएका थिए ।

    पक्राउ परेकाहरूमाथि अनुसन्धान जारी भएकाले बाँकी विषय केही समयपछि खुल्ने प्रहरी उपरीक्षक खड्काले बताए । प्रहरी स्रोतका अनुसार रेम्डेसिभिर र स्टासेफको बोतलको आकार मिल्छ । बोतलको आकार मिल्ने भएकाले स्टिकर परिवर्तन गर्दै बिक्री गरेको पाइएको हो ।

सम्वन्धित समाचार

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…

 तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको …