• उर्लनबारी, २४ वैशाख/उर्लाबारीमा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ सामाजिक विकाश मन्त्रालयका अनुसार ५ महिला र ६ पुरुष गरेर ११ जना संक्रमित थपिएका हुन् । 

    प्रदेश १ मा  शुक्रबार ७२५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३५७, झापामा १४९, सुनसरीमा ११२, उदयपुरमा १५, धनकुटामा १४, संखुवासभामा १३, इलाममा ९, ताप्लेजुङमा ७, खोटाङमा ६, भोजपुर र तेरथुममा १–१ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


    मोरङको विराटनगरमा १३२ महिला र १४३ पुरुष सहित २७५, सुन्दरहरैचामा १५, उर्लाबारीमा ११, बेलबारी र बुढीगंगामा ८–८, धनपालथान, पथरीशनिश्चरे र कटहरीमा ७–७, रतुवामाईमा ४, मिक्लाजुङमा ३, जहदा, ग्रामथान , सुनबर्षी र स्थानीय तह नखुलेका २–२, रंगेली, केराबारी, लेटाङ र कानेपोखरीमा १–१, झापाको विर्तामोडमा २७, दमकमा २३, कनकाई र भद्रपुरमा २०–२०, गौरादहमा ९, कमल गाउँपालिकामा ७, अर्जुनधारामा ५, शिवसताक्षीमा २, गौरीगञ्जमा १, सुनसरीको इटहरीमा ५६, धरानमा ३२, इनरुवामा ९, दुहवीमा ७, देवानगञ्जमा ३, बर्जुमा २, बराहक्षेत्र, रामधुनी र कोशी गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको  मन्त्रालय जनाएको छ । 


    त्यसैगरि  उदयपुरको त्रियुगामा १३, बेलका र चौदण्डीगढीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा १३ र स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा ११, चैनपुर र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ६, सुर्योदयमा २ र चुलाचुलीमा १, ताप्लेजुङको फुङलिङमा ५ र  पाथिभरा याङवरकमा २ , खोटाङको साकेलामा ६, भोजपुरको आमचोक र तेरथुमको आठराईमा १–१ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको    छ ।


    प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३६ हजार ६४५ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार १६९ संक्रमणमुक्त भएका    छन् । सक्रिय संक्रमितको संख्या ५ हजार ९३३ पुगेको छ । प्रदेश १ मा शुक्रबार१ हजार ५९९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३१३ महिला र ४१२ पुरुषको रिपोर्ट पोजेटिभ आएको  मन्त्रालयले जनाएको    छ ।
     

सम्वन्धित समाचार

 विराटनगर, २८ पुस मोरङको उर्लाबारी ३ स्थित सोल्टी पुलमा  बुधबार बिहान ट्याक्टरको ठक्करबाट एक…

मोरङ । नम्बर प्रदेश सरकारको समाजिक बिकासमन्त्री जयराम यादबले उत्पीडित समुदाय एकजुट भएर अघि बढ्नु पर्ने बता…

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ समितिको पदाधिकारी चयन सहमतिमै गर्नका लागि आज…

 मोरङ जिल्ला कारागारमा रहेका एक कैदीको ‘शङ्कास्पद’ मृत्यु भएको छ ।  जबर्जस्ती करणी …