नेकपा एमालेको दोस्रो तहका नेताहरुबीच छलफल तीब्रगतिमा चलिरहेको छ । पार्टी एकता जोगाउने अन्तिम प्रयासस्वरूप उनीहरु सकृय भएका हुन् । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल खेमाका नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका छन् ।
छलफलका लागि माधव नेपाल पक्षका नेताहरू सुरेन्द्र पाण्डे,घनश्याम भुसाल,गोकर्ण विष्ट र योगेश भट्टराई बालुवाटार पुगेका हुन्। अध्यक्ष ओलीको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतका नेताहरु छलफलमा छन् ।
स्थायी कमिटी सदस्य तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाललगायतका नेता पनि एमाले एकता कायम गर्ने छलफलहरूमा सामेल छन् । माधव पक्षका यी चार नेतासँग केही दिनयता अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेलले निरन्तर छलफल गरिरहेका छन् ।