• दोलखाको ऐतिहासिक भिमसेन मन्दिरको शिलामा शनिवार दिउँसो पसिना आएको छ । आज दिउँसो १२ बजेर १५ मिनेट जाँदा भिमसेनको शिलामा पसिना आएको पुजारी कोशीनारायण श्रेष्ठले जानकारी दिए ।

    पुजारी श्रेष्ठका अनुसार सुरुमा शिलाको शिरको दाहिने भागबाट पसिना आएको र केहिबेरपछि शिलाको बीच भागबाट पसिना आएको हो । दाहिने भागबाट पसिना आउँदा प्रजा अर्थात जनतालाई र देब्रे भागबाट पसिना आउँदा राजा अर्थात राज्य संचालन गर्नेलाई अनिष्ट हुने किम्बदन्ती रहेको छ । शिलामा पसिना आएपछि अनिष्टको संकेत भन्दै पुजारी,  मन्दिर व्यवस्थापन तथा गुठियारहरुले क्षमापूजा गरिरहेका छन् ।

    यस अघि  मंसिर १४ गते पनि भीमेश्वरको शिलामा पसिना आएको थियो ।  भीमेश्वर मन्दिरको शिलामा पसिना आएपछि राष्ट्रपति कार्यालयबाट कालो बोकाको बलि सहित  क्षमा पूजा गर्ने प्रचलन छ । पुजाको प्रसाद राष्ट्रपति कार्यालय पुर्याईने गरेको छ ।

    राजा वीरेन्द्रको वंशनाश हुनुअघि र २०६२÷०६३ को जनआन्दोलन सुरु हुनुभन्दा महिना दिनअघि पनि शिलामा पसिना आएको थियो । देशमा आईपर्ने हरेक विपत्तिपूर्व भिमसेनको शिलामा पसिना आउने विश्वास रही आएको छ ।
     

सम्वन्धित समाचार

 इलाम, १७ फागुन :  इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुग्नुभएका टीकाराम बाँस्तोलाला…

ढोरपाटन (बागलुङ), १५ फागुन : बागलुङ र म्याग्दी जिल्लाको सिमाना रहेको सोलेडाँडामा तमानखोला गाउँपालिका र…

 ढोरपाटन (बागलुङ), १ फागुन : बागलुङको गलकोट नगरपालिका–११ मा रहेको उदय रिघा बुद्ध विहारलाई…

 काठमाडौँ, १९ माघ : हरेक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष &…