• नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिवारमा पनि कोरोना पसेको छ। कञ्‍चनपुरबाट प्रतिनिधिसभा सदस्यसमेत रहेकी प्रचण्डकी बुहारी बीना मगरलाई कोरोना संक्रमण भएको हो। 

    वैशाख २७ गते हुन लागेको विशेष अधिवेशनको तयारीका लागि संसद सचिवालयले गरेको पिसिआर परीक्षणका क्रममा बीनालाई कोरोना पुष्टि भएको थियो। बीनासहित प्रतिनिधिसभा र राष्ट्रियसभाका २६ जना सांसदलाई कोरोना देखिएको छ। 

    संसद सचिवालयका अनुसार कोरोना देखिएका सांसदहरुमा झलनाथ खनाल, मुकुन्द न्यौपाने,  मायादेवी न्यौपाने, पार्वती डिसी चौधरी, राजेन्द्रप्रसाद गौतम, नन्दलाल रोका क्षेत्री,  लालबाबु पण्डित, लक्ष्मणलाल कर्ण रहेका छन्।

    त्यस्तै  नरमाया ढकाल,  महेश बस्नेत, रामबाबु यादव,  गोपालबहादुर बम, नमिता कुमारी चौधरी, शान्ति माया तामाङ,  बीना कुमारी श्रेष्ठ, रेणुका गुरुङ, जुलीकुमारी महतो, रघुवीर महासेठ, किसान श्रेष्ठ र सुरेश कुमार राई पनि संक्रमित छन्। त्यस्तै पुष्पा कुमारी कर्ण कायस्थ, भानुभक्त ढकाल, बीना मगर, भरतकुमार शाह, प्रमोद शाह र दीपकप्रकाश भट्टमा कोरोना पुष्टि भएको छ। 

सम्वन्धित समाचार

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…

 तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको …