• माधव पक्षको निर्णय पर्खंदै महन्थ ठाकुर, यस्तो छ महन्थ पक्षको रणनीति

    काठमाडौं। जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि तटस्थ बस्ने भन्ने विषयमा एमालेको माधव नेपाल पक्षको निर्णय कुरेर बसेको छ ।

    माधव नेपाल पक्षले ओली सरकारलाई विश्वासको मत दिने निर्णय गरेमा ठाकुर पक्षले पनि विश्वासको मत दिने, तर माधव पक्षले विश्वासको मत लिनु अघि नै सामुहिक राजिनामा गरेमा ठाकुर पक्ष तटस्थ बस्ने सम्भावना रहेको ठाकुर पक्षका एक नेताले नाम नखुलाउने शर्तमा बताए ।

    उनले भने,'माधव नेपाल पक्षले ओली सरकारलाई विश्वासको मत दिएमा हामीले पनि विश्वासको मत दिन्छौ । त्यसबेला सरकारको पक्षमा बहमुत पुग्छ तर माधव पक्षका सांसदहरूले वैशाख २७गते अघि नै सामुहिक राजिनामा गरे भने हामीले मात्र विश्वासको मत दिएर सरकारको  पक्षमा बहुमत पुग्दैन । त्यसबेला हामी तटस्थ बस्छौ ।’

    प्रधानमन्त्री ओलीको चाहना पनि यही रहेको ती नेताले दावी गरे । ठाकुर पक्षले आफूसँग कम्तीमा १५ जना सांसद रहेको दावी गरेको छ । तर जसपाको बाबुराम भट्टराई-उपेन्द्र यादव पक्षले ठाकुरसँग बढीमा १२ जना सांसद रहेको दावी गरेको छ ।

    ठाकुरलाई सक्रिय साथ दिदै आएका राजेन्द्र महतोले समेत ठाकुरलाई साथ छाडेको उपेन्द्र यादव पक्षको दावी छ तर ठाकुर पक्षका नेताहरूले भने महतोले उपेन्द्र यादवसँग संवाद र भेट गरे पनि महतो ठाकुरको कित्ताबाट बाहिर नगएको दावी गरेका छन् । यसबारेमा महतोले केही बोलेका छैनन । महतो निकट नेताहरूले भने महतो उपेन्द्र यादव कित्तामा पुगेको दावी गर्छन ।


    उपेन्द्र यादव कित्ताका नेता तथा कार्यकारिणी समितिका सदस्य रमेश यादवले संसदीय दल र कार्यकारिणी समिति दुबैमा ओली सरकार विरोधी लाइन प्रष्ट्सँग बहुमतमा पुगेको दावी गरे । जसपा अहिले प्रष्टसँग दुई कित्तामा उभिएको छ । जसरी भए पनि ओली सरकार ढाल्नु पर्छ भन्ने लाइनको अगुवाई भट्टराइ-यादवले गरेका छन् भने ओली सरकार विरोधी गठबन्धनमा सहभागी नहुने सहमति ठाकुरले गरेका छन् ।

    दुई लाइनको विवादमा जसपाका कार्यकारिणी समितिका सदस्यहरू र सांसदहरु दुई कित्तामा बाँडिएका छन् । दुवै पक्षले आफू निकट सांसद तथा कार्यकारिणी समितिका सदस्यहरूको हस्ताक्षर संकलन गरेको छ । ठाकुरले गरेको हस्ताक्षर संकलनमा अहिलेसम्म ठाकुर निकट मानिने महतो, शरतसिंह भण्डारी र निर्जला राउतले हस्ताक्षर गरेका छैनन ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भोली (माघ २७) गतेदेखि पञ्चायत माविमा नगरको सातौ राष्ट्रपति रनिङ शिल्ड ख…