• काठमाडौं, २५ बैशाख । नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरुले तत्काल राजीनामा नदिने भएका छन् । नेता नेपालले आफूनिकट सांसदहरु र केही प्रभावशाली नेताहरुसँगको पटक पटकको लामो छलफलपछि यस्तो निश्कर्ष निकालेको उनीनिकट स्रोतको दाबी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख २७ गते संसदमा विश्वासको मत लिने भएका छन् ।

    पार्टीभित्रको अन्तरविरोधको कारण नेता नेपाल पक्षधर सांसदहरुले त्यो भन्दा अघि नै सामूहिक राजनीनामा दिने हल्ला चलिरहेको बेला यस्तो कुरा बाहिर आएको हो । तत्काल राजीनामा दिँदा सांसद पद नै जाने र आगामी दुई वर्षसम्म सांसदविहीन बन्नुपर्ने अवस्था आउने भएकोले नेपाल पक्षले राजीनामा नदिने मनशाय बनाएको छ । तर, नेता नेपालले कुनैपनि हालतमा प्रधानमन्त्री ओलीलाई विस्थापित गर्ने रणनीति भने बनाएका छन् ।

    त्यसका लागि जनता समाजवादी पार्टी, नेपाललाई विश्वासको मतको विपक्षमा उभ्याउन प्रयत्न गर्ने पनि उनको योजना छ । सोहीअनुसार नेता नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवसँग नियमित छलफलमा छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विश्वासको मत नदिने निर्णय गरिसकेको छ । उता, माओवादी केन्द्रले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएर विश्वासको मत लिने प्रधानमन्त्रीको योजनालाई विफल तुल्याउने निर्णय गरिसकेको छ ।

    जसपामा भने प्रधानमन्त्री ओलीलाई साथ दिने वा नदिने भन्नेबारे एकमत देखिएको छैन् । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई कुनैपनि हालतमा प्रधानमन्त्री ओलीलाई विस्थापित गर्ने पक्षमा छन् भने अर्का अध्यक्ष महन्थ ठाकुर भने ओलीलाई साथ दिनुपर्ने पक्षमा देखिएका थिए । तर, पछिल्लो समय उनलाई साथ दिने नेताहरु नै यादवको कित्तामा पुगेकोले जसपा पनि ओलीलाई विश्वासको मत नदिने पक्षमा पुगेको निश्कर्ष नेताहरुले निश्कर्ष निकालेका छन् । आज/भोलिभित्रै पार्टीको संसदीय दलको बैठक राखेर प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने भन्नेबारे जसपाले निर्णय गर्ने नेता डम्बर खतिवडाले सम्भावना सुनाएका छन् ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…