• विराटनगर / प्रदेश १ मा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार चार सय ५० पुगेको छ । शनिबार ५ सय ७८ जना सङ्क्रमित थपिएसँगै प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ४ सय ५० पुगेको हो । मन्त्रालयका अनुसार विराटनगरमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ७ सय नाघेको छ ।
    प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार मोरङमा दुई सय ११, झापामा एक सय ६८, सुनसरीमा एक सय १९, सोलुखुम्वुमा २४, इलाममा २२, धनकुटामा ९, उदयपुरमा ३, संखुवासभा र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २० जनामा सङ्क्रमण देखिएको छ ।
    मोरङको विराटनगरमा ८७ महिला र ९८ पुरुष सहित एक सय ८५, बेलबारीमा ८, सुन्दरहरैचामा ७, बुढीगंगामा ५, केराबारीमा २, सुनबर्षी, जहदा ग्रामथान र कटहरीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
    झापाको विर्तामोडमा ३१, भद्रपुरमा ३०, दमकमा २५, कनकाईमा १८, मेचीनगरमा १७, अर्जुनधारामा १६, गौरादहमा ८, बुद्धशान्तिमा ७, शिवसताक्षीमा ५, गौरीगञ्ज र हल्दिबारीमा २–२, कचनकवm, झापा गाउँपालिका, बा¥हदशी र कमल गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
    सुनसरीको धरानमा ४७, इटहरीमा ४२, इनरुवामा ९, बर्जुमा ८, रामधुनीमा ३, दुहवीमा र कोशी गाउँपालिकामा २–२, देवानगञ्ज , बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
    सोलुखुम्वुको सोलु दुधकुण्डमा २३ र नेचा सल्यानमा १, इलामको माईमा १५, इलाम नगरपालिकामा ४, रोङमा २ र देउमाईमा १, धनकुटाको धनकुटा नगरपालिकामा ७, छथर र स्थानीय तह नखुलेका १–१, उदयपुरको बेलका, त्रियुगा र रौतामाईमा १–१, संखुवासभाको धर्मदेवी र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २० जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…