• विराटनगर÷ कस्मेटिक्स र इलेक्ट्रोनिक्स पसलमा पनि अवैध रुपमा वितिय कारोवार हुने गरेको पाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले इलेक्ट्रोनिक्स र कस्मेटिक्स पसलबाट सात करोड भन्दा बढी रकम फेला पारेपछि अबैध कारोवारको रहस्य खुलेको खबर आजको उद्घोष दैनिकमा छापिएको छ ।

    सिआइबीको केन्द्रिय टोलीले फागुन पहिलो साता सुनसरी र मोरङबाट १८ करोड रकम सहित ९ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा कस्मेटिक्स पसल सञ्चालन गर्ने देखि इलेक्ट्रोनिक्स पसल सञ्चालन गर्ने सम्म छन् । पक्राउ परेका पसलेबाट मात्र सात करोड ११ लाख ८ सय २५ रुपैया फेला परेको थियो ।
    ब्यूरोको टोलीले विराटनगर, खनार, इटहरी र धरानबाट आठ वटा संस्थाबाट १८ करोड, २८ लाख ८९ हजार ६ सय ७१ सहित ९ जना अबैध वितिय कारोवारीलाई पक्राउ गरि कारवाही प्रकृया अघि बढाएको जानकारी दिएको छ । सर्बसाधारणलाई प्रलोभनमा पारेर ‘गैर कानुनी रुपमा रकम संकलन गरेको देखियो ’ अनुसन्धानमा संलग्न सिआइबीका प्रहरी नायव उपरीक्षक श्यामबाबु ओलियाले भने ‘ ९ जनालाई कारवाही प्रकृया अघि बढाएका छौ ।’

    उनका अनुसार पक्राउ परेकाहरु मध्ये २ जनालाई विराटनगर, २ जनालाई धरान र पाच जनालाई इटहरीमा राखिएको छ । विराटनगर बजारमा बाहिर कस्मेटिक पसल राखेर भित्र अबैध वितिय कारोवार हुने गरेको सुचनाको आधारमा छापा मार्दा दुई करोड भन्दा बढी बरामद गरिएको थियो । सो क्रममा विराटनगर–६ को न्यू आभाष फेन्सी स्टोबाट कारोवार गर्दै गरेको अवस्थामा ३८ बर्षिय सिताराम लुईटेललाई नियन्त्रणमा लिएको उनको भनाई छ । फेन्सी स्टोरबाट अबैध रुपमा संकलन गरिएको दुई करोढ ८६ लाख ८ सय २५ रुपैया फेला परेको थियो । उनलाई फागुन १० गते छापा मारेर पक्राउ गरिएको थियो । यसअघि फागुन ६ गते चौतारी इन्भेष्टमेन्ट प्रालि विराटनगरको नाममा अबैध वितिय कारोवार गर्ने विराटनगर–१२ का राजु साह पनि पक्राउ परेका थिए । उनको साथबाट ८ लाख ६१ हजार २ सय ७४ रुपैया नगद फेला परेको छ । जुन रकम उनले स्थानीयबासीबाट बचतका नाममा संकलन गरेका थिए ।

    सिआइबीले फागुन १० गते नै अबैध वितिय कारोवार गर्ने सुनसरीको खनारमा बाबुराम न्यौपानेले सञ्चालन गरेको गृहलक्ष्मी इलेक्ट्रोनिक्स सप्लायर्समा छापा मार्दा चार करोड २५ लाख रुपैया स्थानीय जनताबाट संकलन गरिएको रकम फेला परेको थियो । प्रहरीका अनुसार रकम जफत भएपनि सञ्चालक न्यौपाने फरार छन् । इलेक्ट्रोनिक सप्लायर्सबाट एक हजार ४ सय ४७ थान पास बुक फेला पारिएको थियो । बचत ऋण रजिस्टार तथा नगद जम्मा भौचर पनि फेला परेको थियो । त्यस्तै इटहरीमा पूर्णगिरी बचत इन्भेष्टमेन्ट प्रालीबाट पनि एक करोड २० लाख नगद जफत गरिएको छ । सञ्चालक नरबहादुर श्रेष्ठ भने फरार छन् । प्रहरी नायव उपरीक्षक ओलियाका अनुसार यस अघि फागुन ६ गते सुनसरी मोरङबाट ८ जना अबैध वितिय करोवारमा संलग्न पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा आपन इन्भेष्टमेन्ट प्रालि इटहरीका ४० बर्षिय भीम प्रसाद चौधरी, ५० बर्षिय श्यामपेशकार थारु छन् ।

    उनीहरुको साथबाट अबैध कारोवारमा प्रयोग गरिएका पासबुक, बैंक चेक, भरपाई रसिद, पासबुक सहित सर्बसाधरणबाट संकलन गरेको २ करोड ३९ लाख ४७ हजार ६ सय ६० रुपैया वरामद गरिएको छ भने हलेसी इन्भेष्टमेन्ट प्रालि धरानको नाममा अबैध बितिय कारोवार गर्ने संखुवासभा घर भई धरान बस्दै आएका ३१ बर्षिय चन्द्रबहादुर बिक, २८ बर्षिय अनिता बिकलाई ६ करोड ९९ लाख ८० हजार ७ सय ३७ रुपैया सहित पक्राउ गरिएको छ । उनीहरुको साथबाट पासबुक, रजिस्टारलगायत सामाग्री वरामदगरिएको छ ।
    त्यस्तै मन्सुन इन्भेष्टमेन्ट प्राली इटहरीको नाममा कारोवार गर्ने इटहरी ४ का ३४ बर्षिय सुनिल गुरागाई ५० लाख नगद सहित पक्राउ परेका छन् । ६ गते छापा मार्न पुगेको सिआइबी टोलीले बचत तथा ऋण पासबुक सहित सर्वसाधरणबाट संकलन गरेको रकम जफत गरेको थियो ।

    त्यस्तै इटहरीमा नै छिन्ताङ इन्भेष्टमेन्ट प्रालिको नाममा अबैध वितिय कारोवार गर्ने डिल्ली प्रसाद आचार्य र प्रकाश आचार्यपनि पक्राउ परेका छन् । उनीहरुको साथबाट पासबुक, ऋण पासबुक सहित विभिन्न कागजात बरामद गरिएको छ ।

    सिआइभीले प्रारम्भीक अनुसन्धानका क्रममा धेरैले झोलाबाट नै कार्यालय सञ्चालन गर्ने गरेको पाएको जानकारी दिएको छ । पक्राउ परेकाहरुलाई बैक तथा वितिय संस्था ऐन २०७३ अनुसार कारवाही प्रकृया अघि बढाइएको हो । ऐनमा बिगो जफत, तीन गुना सम्म जरिवाना र पाच बर्ष कैदसम्मको व्यवस्था छ । ‘अबैध वितिय कारोवार फस्टाएको सुचनाका आधारमा छापा मारेका हौ’ उनले भने ‘ सर्बसाधारणलाई बचतमा राम्रो ब्याज दिने भनेर ठगि गरेका छन् ।’ सर्बसाधारणबाट सस्तोमा बचत संकलन गरेर २४ प्रतिशत भन्दा माथीका दरले ब्याजमा लगाउने गरेको पाइएको प्रहरीको भनाई छ । ‘सुन पसलहरुले पनि अबैध कारोवार गरिरहेका छन् ’ उनले भने ‘ हामी सूचना संकलन गर्दैछौ ।’

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…