• काठमाडौं, २६ वैशाख । नेकपा एमालेभित्रको सत्तासंघर्ष अन्तिम अवस्थामा पुग्दा नेता माधवकुमार नेपाल समूहका सांसदहरु राजीनामाका लागि तयारी अवस्थामा छन् । राजीनामा दिनैपरे माधव नेपाल समूहका ३३ सांसद हस्ताक्षरसहित तयारी अवस्थामा छन् ।


    राजीनामा दिन तयार भएकामध्ये २२ जना प्रत्यक्ष निर्वाचित हुन् । बाँकी ११ जना समानुपातिकतर्फका सांसद हुन् । समानुपातिकतर्फका सांसदले राजीनामा दिएमा बन्दसूचीमा रहेका त्यसभन्दा मुनीकाले अवसर पाउँछन् । तर, प्रत्यक्षतर्फ निर्वाचितको सिट खाली रहन्छ । उपनिर्वाचन गर्नुपर्छ या त अर्को चुनावसम्म सिट खाली नै रहन्छ ।

    एमलोभित्रको अहिलेसम्मको अंकगणितमा कुल १२१ सांसद छन् । प्रत्यक्ष निर्वाचित कुल ७९ सांसदमध्ये ओली समूहमा ५७ जना देखिएका छन् । नेपाल समूहमा २२ जना छन् ।


    नेपाल-खनाल समूहका प्रत्यक्ष निर्वाचित सांसदहरु
    १. झलनाथ खनाल, इलाम १

    २. माधवकुमार नेपाल, काठमाडौं २

    ३. योगेश भट्टराई, ताप्लेजुङ

    ४. जयकुमार राई,सुनसरी १

    ५. भवानी खापुङ,तेह्रथुम

    ६. यज्ञराज सुनुवार, ओखलढुंगा

    ७. गणेश पहाडी, सिन्धुली १

    ८. पवित्रा निरौला खरेल, झापा २

    ९. जीवनराम श्रेष्ठ,काठमाडौं ८

    १०.नारायण खतिवडा, नुवाकोट १

    ११. विरोध खतिवडा,मकवानपुर २

    १२. सुरेन्द्र पाण्डे,चितवन १

    १३. घनश्याम भुसाल,रुपन्देही ३

    १४. गोकर्ण विष्ट,गुल्मी १

    १५. मेटमणी चौधरी,दाङ १

    १६. हिराचन्द्र केसी, दाङ ३

    १७.दिपकप्रकाश भट्ट,कञ्चनपुर ३

    १८. राजवहादुर बुढा,दैलेख २

    १९. झपट रावल, कैलाली २

    २०. भीम रावल, अछाम १

    २१. कृष्णलाल महर्जन, ललितपुर २

    २२. सोमप्रसाद पाण्डे, पाल्पा खनाल

    नेपाल-खनाल समूहका समानुपातिक सांसदहरु

    १.रामकुमारी झाँक्री, गुल्मी

    २. बिनादेवी बुढाथोकी मगर, कञ्चनपुर

    ३. मुकुन्द न्यौपाने, काठमाडौं

    ४. कल्याणीकुमारी खड्का, रौतहट

    ५. लक्ष्मीकुमारी चौधरी, कैलाली

    ६. गंगा चौधरी सत्गौवा, दाङ

    ७. निरादेवी जैरु, डडेलधुरा

    ८. समिना हुसेन, रौतहट

    ९. पुष्पाकुमारी कर्ण यादव, पर्सा

    १०. सरलाकुमारी यादव, रौतहट

    ११. कालिला खान, तनहुँ

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भोली (माघ २७) गतेदेखि पञ्चायत माविमा नगरको सातौ राष्ट्रपति रनिङ शिल्ड ख…